पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनः निर्माण हुन बाँकी « Khabarhub

पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनः निर्माण हुन बाँकी


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– विसं २०७२ को भूकम्पले क्षति पुर्‍याएको विश्व सम्पदा सूचीमा रहेको यहाँको पाटन दरबार क्षेत्रका २४ ऐतिहासिक सम्पदा मध्ये २२ सम्पदाको पुनः निर्माण भइसकेको छ भने दुई संरचना पुनः निर्माण हुन बाँकी छ । 

उक्त सम्पदा पुनः निर्माण प्रक्रिया अघि बढेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । 

राणाकालीन अदालत भवन र ऐतिहासिक नरसिंह मन्दिर पुनः निर्माण भइरहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मन्जु थापाले जानकारी दिइन् । 

उनले भनिन्, ‘भारत सरकारको सहयोगमा पुनः निर्माण हुन लागेको अदालत भवनको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ । ऐतिहासिक नरसिंह मन्दिरको पनि ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण अघि बढेको छ ।’

करिब चार सय वर्ष पुरानो नरसिंह मन्दिरमा एक सय ५३ थरिका इँटा प्रयोग गरिएकाले हाल इँटा तयारी भएको ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए। उनका अनुसार उक्त मन्दिरको पुनः निर्माण आगामी आठ महिनाभित्र सम्पन्न हुनेछ । 

भूकम्पले क्षति पुर्‍याएका केही संरचना पुनः निर्माण भई उद्घाटन भइसकेका छन् । कम क्षति पुगेका सम्पदाहरूको सामान्य मर्मत गरिएको पाटन दरबार सङ्ग्रहालयका प्रमुख सुरेशमान लाखेले बताए। उनका अनुसार पाटन दरबारको सबैभन्दा ठूलो मन्दिरको रूपमा चिनिने देगुतलेजु मन्दिर पुनः निर्माण सम्पन्न भएको छ । 

विसं १९९० को भूकम्पले भत्काएको भाइदेव मन्दिर संरक्षणको काम अघि बढेको भए पनि आर्थिक अभावका कारण पुनः निर्माण सम्पन्न हुन सकेको छैन । विभिन्न दाताहरूको सहयोगबाट पुनः निर्माण  सुरु भएको उक्त मन्दिरको काम हाल स्थगित छ । 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ३५ बजे

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम

महानवमीमा मात्र खुल्ने तलेजु भवानी मन्दिरमा भोलि बिहान ५ बजेदेखि पूजाआरधना गर्न पाइने

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्ला- जुम्लाबाट सात हजारभन्दा बढी मेट्रिकटन टन स्याउ निर्यात भएको

दक्षिण सुडानमा ड्रोन आक्रमण, ८० जनाको मृत्यु

जुबा- दक्षिण सुडानको बजारनजिक भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको