ओलम्पिक : लायसको स्वर्णसँगै अमेरिका शीर्ष स्थानमा | Khabarhub Khabarhub

ओलम्पिक : लायसको स्वर्णसँगै अमेरिका शीर्ष स्थानमा


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

विश्व विजेता समेत रहेका अमेरिकाका नोह लायसले जमठकाका किचेन थोम्सनलाई हराउँदै सय मिटर दौडको उपाधि जितेसँगै पेरिस ओलम्पिकमा अमेरिका पहिलो पटक पदक तालिकाको शीर्ष स्थानमा पुगेको छ। लायसले अहिलेसम्मकै उत्कृष्ट समयमा दुरी पार गर्ने क्रममा ९.७९ सेकेन्ड समयका साथ स्वर्ण पदक जितेका हुन्।

दौडको अधिक समय थोम्सनले अग्रता कायम गरे पनि अन्तिम समयमा लायसले गति बढाएका हुन्। अमेरिकाका फ्रेड केर्लीले ९.८१ सेकेन्ड समयका साथ कास्य पदक जिते।

एकपछि अर्को सफलता पाएका लायसले गत वर्षको विश्व च्याम्पियनसिपमा एक सय र दुई सय मिटरको उपाधि सन् २०१५ पछि विश्व च्याम्पियनसिपमा सो सफलता पाउने पहिले व्यक्तिको रूपमा आफूलाई स्थापित गरेका थिए। उनी दुई सय मिटरमा लगातार तीन पटकको विश्व विजेता समेत हुन्। सन् २००४ मा जस्टिन ग्याटलिनपछि अमेरिकाले पहिलो पटक १०० मिटरमा ओलम्पिक स्वर्ण पदक जितेको हो।

ओलम्पिकको पदक तालिकामा अमेरिका र चीनको बराबर १९ स्वर्ण पदक भए पनि रजत पदकको आधारमा अमेरिका पहिलो स्थानमा छ। घरेलु टोली फ्रान्स १२ स्वर्ण पदक सहित तेस्रो तथा सोही बराबरको स्वर्ण पदक रहेको अस्ट्रेलिया चौथो स्थानमा छ।

ओलम्पिकको पदक तालिकामा अमेरिका र चीनको बराबर १९ स्वर्ण पदक भए पनि रजत पदकको आधारमा अमेरिका पहिलो स्थानमा छ। घरेलु टोली फ्रान्स १२ स्वर्ण पदक सहित तेस्रो तथा सोही बराबरको स्वर्ण पदक रहेको अस्ट्रेलिया चौथो स्थानमा छ।

बेलायत र दक्षिण कोरियाले १०–१० स्वर्ण पदक हात पारेका छन्। आइतबार एथलेटिक्सको पुरुष ह्यमर थ्रोमा क्यानडाका इथान काटवर्गले स्वर्ण, हंगेरीका बेसेन हलास्जले रजत तथा युक्रेनका मिखाउल खोलाइनले कास्य पदक जिते। विश्व कीर्तिमान धारी युक्रेनकी यारोस्लोभा माखुखिचले महिला हाई जम्पको स्वर्ण पदक जितेपछि सो स्वर्ण पदक रुसको आक्रमणमा मारिएका पाँच सय जना युक्रेनी खेलाडी प्रति समर्पित गरेकी छिन्।

अस्ट्रेलियाकी निकाला साकालागर्सले रजत पदक जितेको सो स्पर्धामा युक्रेनकी आर्जा गारासचेन्कोले तथा अस्ट्रेलियाकी एलेना फिटर सनले संयुक्त रूपमा कास्य पदक जिते।

यस संस्करणको ओलम्पिकमा पौडीको सम्पूर्ण स्पर्धा सकिएको छ। अन्तिम दिन भएको महिला ५० मिटर फ्रिस्टाइलमा स्विडेनकी सहरा जोसर्टमले स्वर्ण पदक जितिन्। सो स्पर्धामा अस्ट्रेलियाकी मेगन ह्यारिसले रजत तथा चीनकी झाङ युफाइले कास्य पदक जितिन्।

१५ सय मिटरमा अमेरिकाका बबी फिन्केले विश्व कीर्तिमानसहित स्वर्ण पदक जिते। इटालीका जर्जी पेलेग्रेनीले रजत तथा आयरल्यान्डका डानियल विफेनले कास्य पदक जिते। पुरुषको मेड्ली रिलेमा चीनले अमेरिकालाई हराउँदै स्वर्ण पदक जित्यो। ओलम्पिकमा यो स्पर्धामा समावेश गरेदेखि अमेरिकाले हारेको पहिलो पटक हो। फ्रान्सले सो स्पर्धाको कास्य पदक जित्यो।

महिला मेड्लीमा अस्ट्रेलियालाई हराउँदै अमेरिकाले स्वर्ण पदक जित्यो। सो रेसमा चीन तेस्रो भयो। अमेरिकाका रेगन स्मिथ, लिली किङ तथा ग्लेटचन वाल्सको तीन जनाको नाममा आफ्नो व्यक्तिगत विश्व कीर्तिमान छ।

जिम्न्यास्टिकमा फिलिपिन्सले थप स्वर्ण पदक जितेको छ। फिलिपिन्सका आर्लोस एडयलले भल्टको स्वर्ण पदक जिते। सो स्पर्धामा अर्मेनियाका अटएर डाउटेनले रजत पदक जिते। बेलायतका हेरी हेप वर्थले कास्य पदक जिते। महिलाको अनइभन बारमा अल्जेरियाकी काइला नेमोरले स्वर्ण, चीनकी क्वीन युयानले रजत तथा अमेरिकाका सुनीले कास्य पदक जिते पुरुषको रिङमा चीनका लिउ याङ र झाङ युइ गुयनेले शीर्ष दुई स्थान पाउँदा ग्रीसका एलेथेरिस पेट्रेनसले कास्य पदक जिते।

आर्चरीको पुरुष एकलमा अमेरिकाका ब्राडी एलिसनलाई सट आउटमा हराउँदै दक्षिण कोरियाका किम ओजीनले सो स्वर्ण पदक जिते। सो स्पर्धामा कोरियाकै ली ओसेकले कास्य पदक जिते। फेन्सिङको पुरुष टिम फोइलमा जापानले स्वर्ण, इटालीले रजत तथा फ्रान्सले कास्य पदक जिते। पुरुष तर्फ गल्फको स्वर्ण पदक अमेरिकाका स्कुटी सेफरले स्वर्ण पदक जिते। सो स्पर्धामा बेलायतका टमी फ्लेउडले रजत तथा जापानका मान्तुयामा हिडेकीले कास्य पदक जिते।

इक्वेस्ट्रियनको व्यक्तिगत ग्रान्डप्रिक्समा जर्मनीले शीर्ष २ स्थान पाउँदा बेलायतका चार्लेट फ्राइले कास्य पदक जिते। टेनिसको पुरुष एकलमा सर्बियाका स्टार खेलाडी नोभाक जाकोभिकले स्वर्ण जितेका छन्। उनले फाइनलमा स्पेनका कालोर्स अल्काराजले कास्य पदक जिते।
महिला युगलमा इटालीका इरानी र पावोलीनीको जोडीले स्वर्ण पदक जितेको छ। सो स्पर्धामा स्वतन्त्र खेलाडी आन्द्रेभा र स्नाइडरले रजत तथा स्पेनका बुसका र सर्बे टर्नोजको जोडीले कास्य पदक जितेको हो।

साइक्लिङको महिला रोड रेसमा अमेरिकी क्रिस्चियन फल्कनरले स्वर्ण पदक जितिन्। नेदरल्यान्ड्सकी मारियन भोसले रजत तथा बेल्जियमकी लोटे कोपेकीले कास्य पदक जिते। टेबल टेनिसको पुरुष एकलको उपाधि स्विडेनका ट्रल्स मोरेगार्डलाई हराउँदै चीनका फान झेडङले जितेका छन्।

सुटिङको महिला एकल स्किटको स्वर्ण पदक चिलीकी फ्रान्सिस्का कोभेर्टोले जितेकी छिन्। बेलायतकी अम्बर जो रुटलरले रजत तथा अमेरिकी अस्टिन जोओल स्मिथले कास्य पदक जितेकी छिन्। ब्याडमिन्टनको पुरुष युगलमा चीनका लाङ र वाङलाई हराउँदै ताइवानी जोडी ली र वाङले स्वर्ण पदक जितेको छ। सो स्पर्धामा मलेसियाका चाइ र सोनले कास्य पदक जिते। ब्याडमिन्टनका दुई स्पर्धा बाँकी छन्। सन् २०१६ की ओलम्पिक च्याम्पियन क्यारोलीन मारिन चीनकी हे बिङ जी ओवोसँगको खेलमा अग्रता लिइरहेको समयमा रिटायर्ड हर्ट भएकी हुन्।

ओलम्पिकमा एथलेटिक्सको स्पर्धा सुरु हुनु भन्दा केही दिन अघि साबिक विजेता इटालीका जियानमारो टम्बेरी अस्पताल भर्ना भएका छन्। उनको मिर्गौलामा समस्या भएको अनुमान छ।

यस ओलम्पिकमा ठुला देश शीर्ष स्थानका लागि प्रतिस्पर्धा गरी रहेको समयमा साना देशहरूका उपलब्धि पनि चर्चाका विषय बनेका छन्।

अल्जेरियाले जिम्न्यास्टिकमा महत्त्वपूर्ण सफलता पाएको दिन केप भर्डेका मुक्केबाज डेभिड डे पिनाले कास्य पदक जितेका छन्। यसै गरी क्यामरुनका जन्मिएर शरणार्थी टोलीमा स्थान पाएकी सिन्डी नागामाले पनि पदक जितेकी छिन्।

नाइजेरिया महिला बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। नाइजेरिया ओलम्पिकमा बास्केटबलको क्वाटरफाइनलमा प्रवेश गर्ने पहिलो अफ्रिकी टोली हो।

आइतबार पेरिस ओलम्पिकका नायक नोह लायस भएको कुरा नकार्न मिल्दैन। अमेरिकी महिला मेड्ली टोलीको सफलता विशेष थियो। त्यसै दिन क्यारोलीनको इन्जुरी ओलम्पिककै पीडाको विषय बनेको थियो।

स्रोतः ओलम्पिक बिबिसी

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : ०१ बजे

जलवायु वित्त सार्वजनिक स्रोतबाटै ल्याउन दबाब दिन जनमार्च

काठमाडौं – विभिन्न जलवायु सम्बद्ध २४ संघसंस्थाले शनिबार (भोलि) जलवायु

लागूऔषध ट्रामाडोलसहित ६ जना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो मात्रामा लागूऔषध ट्रामाडोलसहित

वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल एक्स-रे मेसिन जडान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले सञ्चालन गरेको वैतेश्वर अस्पतालमा अत्याधुनिक डिजिटल

रामकुमारीबारे माधव नेपाल- अराजक गतिविधि गर्नेलाई छुट दिन सकिँदैन

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्रको अराजक

१० वर्षमा २५८ सहकारीविरुद्ध उजुरी, १५ सय ४० जना फरार

काठमाडौं – पछिल्लो १० वर्षमा सहकारी ठगी र रकम हिनामिना