काभा भलिबल : आज नेपाल र माल्दिभ्स भिड्ने « Khabarhub

काभा भलिबल : आज नेपाल र माल्दिभ्स भिड्ने


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


579
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिगको अन्तिम खेलमा आज नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो सवा ३ बजे सुरु हुनेछ ।

नेपालले जारी प्रतियोगितामा ३ खेलबाट २ मा जित र एकमा हारसहित ६ अंक जोडेको छ । माल्दिभ्स भने यसअघिका तीनवटै खेलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिसकेको छ ।

नेपाल र माल्दिभ्सको खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदैछ। प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्नेछ ।

आज नेपालले जितेर भारतले हारेको अवस्थामा नेपाल शीर्षस्थानमा पुग्नेछ । जारी लिगमा इरान ७ अंकसहित शीर्ष स्थानमा छ । ७ अंक नै भएको भारत दोस्रो, ६ अंकसहित नेपाल तेस्रो र चार अंक भएको श्रीलंका चौथो स्थानमा छ ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  १० : ४६ बजे

आज २०८२ साल चैत ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ५ गते बिहीबार चैत

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको