बेरोजगारीले हुम्लाका युवायुवतीलाई पुर्‍यायो चीनको ताक्लाकोट « Khabarhub

बेरोजगारीले हुम्लाका युवायुवतीलाई पुर्‍यायो चीनको ताक्लाकोट


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्लामा बेरोजगारी समस्या भएपछि छिमेकी चीनको ताक्लाकोटमा काम गर्न गएका युवायुवतीले दैनिक पाँच हजारसम्म कमाउने गरेका छन् ।

 छ महिनाका लागि हुम्लाका बेरोजगारहरूले रोजगारीसमेत पाउने भएकाले जिल्लाका युवा-युवती ताक्लाकोट गएर काम गर्न आकर्षित हुँदै आएका छन् ।

हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा कामका लागि गएका सिमकोट गाउँपालिका–२ का सन्दीप भण्डारीले जिल्लाका युवायुवतीको दैनिक कमाई पाँचदेखि छ हजारसम्म हुने गरेको बताए । यो पारिश्रमिक पाउने दक्ष कामदार रहेको उनले बताए। 

विकास निर्माण गर्ने कामदारले यो पारिश्रमिक पाउने गर्छन् । उनले बिहान ८ देखि बेलुका ६ बजेसम्म काम गरेपछि सो पारिश्रमिक पाउने गरेको जानकारी दिँदै गत वर्षभन्दा यस वर्ष हुम्लाका युवायुवतीको आम्दानी राम्रो भएको जानकारी दिए।

त्यसैगरी, घरायसी काम गर्ने कामदारले बिहान–बेलुकाको खाना खाएर नेपाली तीन हजार आठ सय पाउने गरेको अर्का कामदार जनक बुढाले बताए । यो काम गर्ने नेपाली कामदारको सङ्ख्या ठूलो रहेको उनको भनाइ छ ।

त्यसैगरी, होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारले दैनिक रचार हजार सात सय ५० पारिश्रमिक पाउने गरेको जुम्कित लामाले बताए । यसमा काम गर्नेमा लामा समुदायका युवायुवती छन् । 

खेतीपातीको काम गर्ने कामदारले भने दैनिक खाना खाएर रु दुई हजार आठ सय ५० पाउने गरेको कामदार जनक रोकायाले बताए। उनले हुम्लाबाट एक हजार पाँच सय युवायुवती रोजगारीका लागि चीनको ताक्लाकोटमा आएर काम गरिरहेको बताए। 

यो काम अब आगामी कात्तिक महिनासम्म उनीहरूले गरेर जिल्ला फर्कने बताइएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ४८ बजे

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण