बेरोजगारीले हुम्लाका युवायुवतीलाई पुर्‍यायो चीनको ताक्लाकोट « Khabarhub

बेरोजगारीले हुम्लाका युवायुवतीलाई पुर्‍यायो चीनको ताक्लाकोट


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.2k
Shares
  • change font
  • change font
  • change font

सिमकोट– जिल्लामा बेरोजगारी समस्या भएपछि छिमेकी चीनको ताक्लाकोटमा काम गर्न गएका युवायुवतीले दैनिक पाँच हजारसम्म कमाउने गरेका छन् ।

 छ महिनाका लागि हुम्लाका बेरोजगारहरूले रोजगारीसमेत पाउने भएकाले जिल्लाका युवा-युवती ताक्लाकोट गएर काम गर्न आकर्षित हुँदै आएका छन् ।

हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा कामका लागि गएका सिमकोट गाउँपालिका–२ का सन्दीप भण्डारीले जिल्लाका युवायुवतीको दैनिक कमाई पाँचदेखि छ हजारसम्म हुने गरेको बताए । यो पारिश्रमिक पाउने दक्ष कामदार रहेको उनले बताए। 

विकास निर्माण गर्ने कामदारले यो पारिश्रमिक पाउने गर्छन् । उनले बिहान ८ देखि बेलुका ६ बजेसम्म काम गरेपछि सो पारिश्रमिक पाउने गरेको जानकारी दिँदै गत वर्षभन्दा यस वर्ष हुम्लाका युवायुवतीको आम्दानी राम्रो भएको जानकारी दिए।

त्यसैगरी, घरायसी काम गर्ने कामदारले बिहान–बेलुकाको खाना खाएर नेपाली तीन हजार आठ सय पाउने गरेको अर्का कामदार जनक बुढाले बताए । यो काम गर्ने नेपाली कामदारको सङ्ख्या ठूलो रहेको उनको भनाइ छ ।

त्यसैगरी, होटल तथा रेष्टुरेन्टमा काम गर्ने कामदारले दैनिक रचार हजार सात सय ५० पारिश्रमिक पाउने गरेको जुम्कित लामाले बताए । यसमा काम गर्नेमा लामा समुदायका युवायुवती छन् । 

खेतीपातीको काम गर्ने कामदारले भने दैनिक खाना खाएर रु दुई हजार आठ सय ५० पाउने गरेको कामदार जनक रोकायाले बताए। उनले हुम्लाबाट एक हजार पाँच सय युवायुवती रोजगारीका लागि चीनको ताक्लाकोटमा आएर काम गरिरहेको बताए। 

यो काम अब आगामी कात्तिक महिनासम्म उनीहरूले गरेर जिल्ला फर्कने बताइएको छ । 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  २ : ४८ बजे

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै

इजिप्टमा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु, ३० घाइते

कायरो- इजिप्टको राजधानी कायरोको दक्षिणपश्चिममा बस र ट्रक आपसमा ठोक्किँदा

मैतीदेवीको झिलिमिलीमा रमाउँदै सर्वसाधारण

काठमाडौँ- बडा दशैंको अवसरमा काठमाडौँको मैतीदेवी मन्दिरमा पूजाआजा गर्न आउने

काइलीले करोडौँ डलरको ‘ब्रा’ लगाएपछि…

काठमाडौं- अमेरिकी रियालिटी टीभी स्टार एवम् मेकअप उद्यमी काइली जेनरले

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने