सुदूरपश्चिममा मन्त्रीको टुंगो लाग्यो, एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने « Khabarhub

सुदूरपश्चिममा मन्त्रीको टुंगो लाग्यो, एमालेबाट अघिल्लो सरकारकै मन्त्री दोहोरिने


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । 

प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने दुई मन्त्री र दुई राज्यमन्त्रीको नाम टुंगो लगाएको हो । 

दलको निर्णयअनुसार प्रदेशसभा सदस्य मेघराज खड्का सामाजिक विकास मन्त्री र प्रदेशसभा सदस्य बहादुरसिंह थापा आर्थिक मामिला मन्त्रीको शपथ लिने भएका छन् । 

यस्तै प्रदेशसभा सदस्य सरस्वती खड्कालाई सामाजिक विकास राज्यमन्त्री र प्रकाशबहादुर बमलाई आर्थिक मामिला राज्यमन्त्रीको जिम्मेवारी दिएर मन्त्रिपरिषद्‌मा पठाउने निर्णय दलले गरेको छ । 

सोमबार साढे ३ बजे मुख्यमन्त्री कमलबहादुर शाह र अन्य मन्त्रीहरूले शपथ लिनेछन् । सत्ता साझेदार नेकपा एमालेले भने यसअघि दीर्घ सोडारी मन्त्रिपरिषद्मा रहेकाहरूलाई नै मन्त्रीमा दोहोर्‍याउने निर्णय गरेको छ । 

नागरिक उन्मुक्ति पार्टीले लक्ष्मणकिशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : १३ बजे

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण