बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा « Khabarhub

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


37.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् ।  गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आफ्नी बहिनीकासाथ बंगलादेश छाडेको बीबीसी हिन्दीले खबर प्रकाशित गरेको छ । 

यस्तै प्रदर्शनकारीहरु सरकारी निवासमा पसेपछि तनाव झनै बढेको थियो ।

बीबीसीका अनुसार प्रधानमन्त्रीको आवासमा प्रदर्शनकारीको समूह प्रवेश गरेको छ । बंगलादेशमा जुलाई महिनादेखि विद्यार्थीहरू आन्दोलन गर्दै आएका थिए । उनीहरु सरकारी  जागिरमा कोटा प्रणाली खारेज गर्नुपर्ने माग गर्दै आएका छन् । 

आन्दोलनका क्रममा अहिलेसम्म झण्डै ३ सय मानिसहरूको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : २० बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि