४० अंकले बढ्यो नेप्से, कारोबार करिब २२ अर्ब  | Khabarhub Khabarhub

४० अंकले बढ्यो नेप्से, कारोबार करिब २२ अर्ब 


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं साताको पहिलो नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.७६ अंकले बढेको छ । नेप्से १.४७ प्रतिशतले बढेर २७९६.३८ विन्दुमा पुगेको छ । नेप्से करिब २८ सयको विन्दुमा पुगेसँगै कारोबारमा पनि उछाल आएको छ । 

आइतबार सार्वजनिक बिदा भएकाले बन्द रहेको नेप्से सोमबार साताको पहिलो बजार खुल्दा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँ बराबरको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर २ लाख ३८ हजार ७८ पटक किनबेच भएको छ । 

आज वाणिज्य बैंकलगायत धेरै कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक भएसँगै शेयर बजारमा पनि रौनक आएको देखियो । कम्जोर र नाफा कम भएका कम्पनीमा भन्दा राम्रो वित्तीय अवस्था भएको कम्पनीमा लगानीकर्ताको आकर्षण बढी देखिएको थियो । 

नेप्सेले आज १ बजेर ४७ मिनेटमा भने २८ सयको विन्दु समेत पार गरेको थियो । तर २ बजे भने नेप्से २८ सय भन्दा तल झरेको थियो अन्त्यमा बजार बन्द हुँदा भने नेप्से २७९६ मा बन्द भएको थियो । सोमबार नेप्सेले ५५ अंकको एकै दिन करेक्सन भएको देखिएको छ । 

नेप्से ४० अंकले बढ्दा १३ वटा समूहमध्ये ७ वटा समूहको शेयर मूल्य मात्र बढेको छ । बाँकी ६ वटा समूहको शेयर मूल्य भने घटेको छ । प्रतिशतका आधारमा सोमबार सबैभन्दा बढी होटल एण्ड टुरिजमको ६.६९ प्रतिशतले शेयर मूल्य बढेर ७७८०.६६ विन्दुमा पुगेको छ । सबैभन्दा कम बढ्नेमा निर्जीवन बीमा १.२५ प्रतिशतले बढेर १३ हजार ६७१.६४ विन्दुमा पुगेको छ । 

आज सबैभन्दा बढी घट्नेमा फाइनान्स ४.६१ प्रतिशतले घटेर ३४०४.१३ विन्दुमा पुगेको छ । प्रतिशतकै आधारमा कम मूल्य घट्ने समूह म्युचलअ फण्ड रहेको छ । उक्त समूह ०..१८ प्रतिशतले घटेर २१.८२ विन्दुमा पुगेको छ । 

म्युचअल फण्ड, कम्पनी र बोन्ड गरेर ३२६ वटा स्टक कारोबार हुँदा १६३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७८ वटा स्टकको मूल्य घटेको छ । १ वटा स्टकको मूल्य भने स्थिर रहेको छ । 

सोमबार १३ वटा स्टकको मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । थप ४ वटा स्टकको मूल्य समेत ८ प्रतिशत भन्दा बढीले बढेको छ । नेपाल फाइनान्सको शेयर मूल्य भने १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ३ : ३० बजे

अस्ट्रेलिया र वेस्ट इन्डिज टेस्टमा बलर हाबी : एकै दिन १४ विकेट

ब्रिज टाउन – वेस्ट इन्डिज र अस्ट्रेलियाको पहिलो टेस्टमा बलर

विष्णुमती बगाएको कारबाट एक महिलाको उद्धार

काठमाडौं– काठमाडौंको विष्णुमती नदीले कारसहित बगाएकी एक महिलाको उद्धार गरिएको

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।