ब्रेकिङ स्टोरी

बंगलादेश सत्तापलट : अन्तरिम सरकार बनाउने सेनाको घोषणा

By खबरहब

August 05, 2024

काठमाडौं– बंगलादेशका सेनापति वाकर उज-जमानले देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका छन् । 

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजिनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएपछि देशवासीका नाममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

जनरल वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन् ।

प्रधानमन्त्री शेख हसिनाले देश छाडेकी छन् । हसिना भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी छन् ।

गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजिनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन्, प्रदर्शनकारी पसे सरकारी निवासमा

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना उडिन् भारतको अगरतला