थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ | Khabarhub Khabarhub

थुनुवा मुक्त गराइदिने भनी रकम लिने पक्राउ


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – प्रहरी हिरासतमा रहेका व्यक्तिलाई थुनामुक्त गरिदिने भनी थुनुवाका परिवारबाट रकम लिने तीनजनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको गौरीगङ्गा नगरपालिका—७ का २९ वर्षीय रुपक साउद, २२ वर्षीय रमेश साउद र १९ वर्षीय हर्कसाउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

लागुऔषध मुद्दामा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका–१ का एकजनाका परिवारका सदस्यबाट उनीहरुले भारतीय रुपैयाँ ३९ हजार पाँच सय लिएको फेला परेको उनले बताए ।

अन्य रकम थुनुवालाई छुटाएपछि लिने भनी मोलमोलाई गरिएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । शुक्रबार राति पक्राउ परेका ती व्यक्तिमाथि थप अनसशन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  १० : ०७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले