प्रकाशशरणले भने- सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक छैन | Khabarhub Khabarhub

प्रकाशशरणले भने- सेयर बजारको ‘बुलिस ट्रेन्ड’ स्वभाविक छैन


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वभाविक रुपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वभाविक लिन नसकिने बताए ।

उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो की भन्ने आशंका भएकाले छानविन गर्न सुझाव दिएका छन् ।

महतले राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रीक नीति र कांग्रेस–एमाले सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरे ।

उनले बढीभन्दा बढी जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने र त्यहीअनुसार बजेट बिनियोजन गर्नमा जोड दिए ।

वित्तीय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिवद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताएका छन् ।

महतले जथाभावी ऋण लिने प्रवृत्तिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिएका छन् ।

 

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ०० बजे

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १३७ मुद्दा दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा

विश्व एक्वेटिक्समा चार पौडी खेलाडी

काठमाडौं – सिङ्गापुरमा आयोजना हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट चार

एडीबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुस पुग्ने प्रमुख

साताका समाचार : एमालेले छेक्यो विद्या भण्डारीलाई, तराई-मधेशमा चर्को खडेरी र युद्धमा उत्रिए थाइल्याण्ड र कम्बोडिया

पूर्वराष्ट्रपति भण्डारीको चेतावनी : मेरो सदस्यता केही मुठ्ठीभरहरूले रोक्न सक्दैनन्