‘माइली’को शुभमुहूर्त, शीर्ष भूमिकामा करिश्मा र प्रियंका « Khabarhub

‘माइली’को शुभमुहूर्त, शीर्ष भूमिकामा करिश्मा र प्रियंका


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– करिश्मा मानन्धर र प्रियंका कार्कीको शीर्ष भूमिका रहने फिल्म ‘माइली’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको भद्रकाली मन्दिरमा सोमबार बिहान मुहूर्त गरिएको हो ।

नायिका प्रियंका कार्की र बाल कलाकार कमला घिमिरेले मुहूर्त सट दिए । फिल्ममा प्रियंका र कमला आमाछोरीको भूमिकामा छन् ।

यससँगै मंगलबारदेखि फिल्मको छायांकन सुरु हुने निर्माण पक्षले बताएको छ । निर्देशकबाबु साहेब बलामीका अनुसार फिल्म सत्य घटनामा आधारित कथामा महिलाको पीडा देखाइनेछ ।

कथाबारे बलामी भन्छन्, ‘दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? उसका स–साना नाबालक छोरी हुर्काउन कति कठिन हुन्छ ? यही समाज जातीयताको आडमा कसरी प्रताडित गर्छ भन्ने कथा फिल्ममा देखाइनेछ ।’

निर्देशक बलामीका अनुसार फिल्म काठमाडौं, कुलेखानी, मकवानपुर र दुबईमा खिचिनेछ ।

यस फिल्ममा प्रियंका, करिश्मा, कमलासहित शर्मिला मल्ल, सुष्मा लामा, कुसुम शर्मा लगायतको अभिनय हुने छ ।

रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्मका लेखक निर्देशक बलामी आफैँ हुन् भने पटकथा र संवाद राजेन्द्र बजगाईँको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : ०७ बजे

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक मात्रै पुग्छ सूर्यको किरण

एजेन्सी– इजिप्टको दक्षिणी क्षेत्रमा रहेको तीन हजार वर्ष पुरानो मन्दिरको

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी