शेख हसिना भागेपछि प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवासको सामान | Khabarhub Khabarhub

शेख हसिना भागेपछि प्रदर्शनकारीले लुटे प्रधानमन्त्री निवासको सामान


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

ढाका- राजीनामा दिएर प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि ढाकास्थित उनको सरकारी निवासमा प्रदर्शनकारीले लुट मच्चाएका छन् ।

बंगलादेशमा हसिनाको राजीनामापछि प्रदर्शनकारी ढाकास्थित प्रधानमन्त्रीको आवासमा छिरेका थिए । तस्वीरहरूमा प्रदर्शनकारीलाई प्रधानमन्त्री आवासको सामान उठाएर लगिरहेको देख्न सकिन्छ।

बंगलादेशका स्थानीय टेलिभिजन च्यानलहरुमा देखाइएका फुटेजहरुमा प्रदर्शनकारीहरु प्रधनमन्त्री निवासबाट सोफा लगायतका सामानहरू लैजाँदै गरेको दृष्य देखिएको हो ।

बंगलादेशमा गत महिनबाट विद्यार्थीहरूले कोटा प्रणाली खारेजीको माग गर्दै आन्दोलन सुरु गरेका थिए । पछिल्लो समय उक्त आन्दोलन हिंसात्मक बन्दै गएको थियो ।

बंगलादेशकी प्रधानमन्त्री हसिना राजीनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलाका लागि उडेकी थिइन् । उनले सुरक्षित उडानका लागि सेनाको हेलिकप्टर प्रयोग गरेकी थिइन् । उनी अहिले सेनाको जहाजमा भारतको दिल्लीतर लागेको बताइएको छ ।

त्यसपछि बंगलादेशका सेना प्रमुख जनरल वकार उज जमानले देशलाई सम्बोधन गर्दै मानिसहरूलाई शान्ति कायम गर्न अपील गरेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ५ : ४३ बजे

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका

आम्दानीको स्रोत ‘अकबरे’ खुर्सानी

भोजपुर- अकबरे खुर्सानी यहाँ किसानको आम्दानीको स्रोत बनेको छ ।