‘श्रद्धा र राहुलको ब्रेकअप स्त्री-२ को प्रचारका लागि फण्डा’ « Khabarhub

‘श्रद्धा र राहुलको ब्रेकअप स्त्री-२ को प्रचारका लागि फण्डा’


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं पछिल्लो समय बलिउड नायिका श्रद्धा कपुर र उनका प्रेमी राहुल मोदीको ‘ब्रेकअप’को चर्चा छ । उनीहरू ब्रेकअपका बारेमा आधिकारिक रुपमा बोलेका छैनन् । 

श्रद्धाले राहुल  र उनका परिवारका सदस्यलाई इन्स्टाग्राममा अनफलो गरेपछि ब्रेकअपको चर्चा चलेको हो । श्रद्धाले राहुलसँग सम्बन्धित सबै अकाउन्टलाई अनफलो गरेको भारतीय मिडियाहरुको दाबी छ । यद्यपि राहुलले श्रद्धालाई अनफलो गरेका छैनन् ।

फिल्म लेखक राहुलसँग श्रद्धाको ब्रेकअपलाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी चलिरहेको छ । उनीहरु दुई र ब्रेकअपको कारणबारे ठोस कारण बाहिरिएकाले यस विषयलाई प्रचारको फन्डा मान्ने सामाजिक सञ्जालमा धेरै भेटिएका छन् । 

अगस्ट १५ बाट श्रद्धाको फिल्म ‘स्त्री २’ प्रदर्शनमा आउँदैछ । सो फिल्म प्रचारका लागि उनले ब्रेकअपको फन्डा गरेको हुनसक्ने धेरैको अनुमान छ । 

एक प्रयोगकर्ताहरूले श्रद्धाको इन्टाग्राम पोस्टमा कमेन्ट गरेका छन्, ‘फिल्म प्रचारका लागि ब्रेकअपको नौटंकी ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘आफ्नो फिल्म प्रचारका लागि ब्रेकअपलाई औजार बन्यो ।’

यद्यपि श्रद्धाप्रति सहानुभूति राख्नहरूको सङ्ख्या पनि उल्लेखनीय छ । फिल्म प्रचारका लागि अन्य तत्व हुँदा हुँदै सम्बन्धलाई फन्डा बनाउन आवश्यक नरहेको उनीहरूको तर्क छ । 

करिब १ महिनाअघि मात्रै श्रद्धाले राहुलसँगको प्रेम स्वीकार गरेकी थिइन् । उनीहरु सन् २०२३ मार्चमा प्रदर्शनमा आएको फिल्म ‘तु झुठी मै मक्कर‘को छायांकनको दौरान प्रेममा रहेको चर्चा चलेको थियो । 

श्रद्धाले इन्टाग्राममा राहुलसँगको प्रेम स्वीकार गरेसँगै उनीहरूलाई  धेरै पटक विभिन्न सार्वजनिक स्थानमा सँगै देखिएको थियो ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ७ : ५० बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा