साक्षरता दर बढाउन विश्वविद्यालयसँग साझेदारी गर्दै मधेस सरकार | Khabarhub Khabarhub

साक्षरता दर बढाउन विश्वविद्यालयसँग साझेदारी गर्दै मधेस सरकार


२१ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुर – मधेस प्रदेश सरकारले प्रदेशको साक्षरता दर बढाउन विभिन्न विश्वविद्यालयसँग साझेदारी गर्ने तयारी गरेको छ ।

यसका लागि मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधामस्थित राजर्षी जनक विश्वविद्यालयका पदाधिकारी र अन्य सरोकार भएकासँग पनि छलफल प्रारम्भ गरेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

गरिबी र अन्य समस्याका कारण शिक्षाबाट वञ्चित व्यक्तिलाई शिक्षाको पहुँचमा ल्याउन आवश्यक सहकार्यसहित अगाडि बढ्नुपर्नेमा मुख्यमन्त्री सिंहको जोड छ ।

“यहाँ अन्य प्रदेशको तुलनामा साक्षरता दर कम छ । त्यसैले साक्षरता अभियानलाई तीव्र तथा सघन रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ । सरकारी तथा गैरसरकारी क्षेत्रसँग उपलब्ध जनशक्ति त्यसका लागि पर्याप्त हुँदैनन् । त्यसैले विश्वविद्यालयका विद्यार्थीलाई स्वयंसेवकका रूपमा परिचालन गरेर अगाडि बढ्न सकिन्छ । त्यसका लागि प्रारम्भिक छलफल आरम्भ गरेका छौँ”, मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले भनेको छ ।

पछिल्लोे जनगणनाअनुसार मधेस प्रदेशमा सातै प्रदेशमध्ये सबैभन्दा कम ६३ दशमलव ५ प्रतिशत साक्षरता दर रहेको छ । देशमैै सबैभन्दा कम साक्षरता भएका जिल्लामध्ये मधेस प्रदेशकै रौतहट, महोत्तरी, सर्लाही र बारा छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ८ : १८ बजे

एक सय ११ किलोग्राम गाँजासहित एक जना पक्राउ

हेटौँडा– मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ बाट एक सय ११ किलोग्राम

‘यथास्थितिमा राख्ने हो भने जिल्ला समन्वय समिति खारेज गरौं’

काठमाडौं– नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तहसमेत तीन तहको

व्हाट्सएपमा नयाँ फिचर, सेल्फीलाई स्टिकरमा पठाउन सकिने

काठमाडौं– व्हाट्सएपले क्यामेरा इफेक्ट, कस्टम सेल्फी स्टिकर र स्टिकर प्याकहरू

ट्रम्पलाई  इरानी राष्ट्रपतिको आग्रह- युद्धको जोखिम नबढाउनू

वासिङ्टन– इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै

कवाड व्यवसायीमाथि बालेनको धरपकडको विरोधमा उत्रियो मधेश सरकार

जनकपुरधाम- पछिल्लो एक वर्षयता काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कवाड