कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा « Khabarhub

कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको भजनी नगरपालिका-५ स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण अन्तिम चरणमा पुगेको छ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको हुलाकी सडकमार्फत करिब १४ करोडको लागतमा यहाँ तटबन्ध निर्माण भइरहेको छ।

हरेक बर्खायाममा नदीले खेतीयोग्य जमिन र बस्ती कटान गर्ने क्रम बढ्दै गएपछि रोकथाम तथा नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको हुलाकी सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर भक्तबहादुर कठायतले जानकारी दिनुभयो। उहाँकानुसार कान्द्रा नदीमा एक हजार ८५ मिटर तटबन्ध निर्माण अन्तिमचरणमा पुगेको हो । यहाँ एक किलोमिटर सडक कालोपत्र गर्ने योजनासमेत छ।

वि.सं. २०८० वैशाख १४ गते १८ महिनाभित्र सम्पन्न गर्ने गरी रु १३ लाख ७५ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले आगामी असोजभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम गरिरहेको सूचना अधिकारी कठायतले जानकारी दिनुभयो। उहाँले हालसम्म ९० प्रतिशत तटबन्ध निर्माणको काम सम्पन्न भइसकेको बताउनुभयो।

उक्त नदीले बर्खायाममा हरेक वर्ष सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुगेको जनाइएको छ। नदी कटानकै जोखिमका कारण हुलाकी सडकअन्तर्गत धनगढी–टीकापुर खण्डमा पर्ने उक्त क्षेत्रको सडक स्तरोन्नतिको काम नभएकामा अब चाँडै सडक कालोपत्रे गरिने हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ।

तटबन्धसहितको सडक बन्ने भएपछि स्थानीयका घर र खेतबारी नदी कटानबाट जोगिएको भन्दै स्थानीय पनि खुसी भएका छन्। स्थानीय महेन्द्र रेग्मीले भने, “हरेक बर्खायाममा बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्‍याउनुका साथै यहाँको खेतीयोग्य जमिन र बस्तीसमेत जोखिममा थियो। पक्की तटबन्ध बनेपछि निकै राहत भएको छ। अब पुरानो नियति भोग्नुपर्दैन भन्ने आशा जागेको छ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : २२ बजे

गृहमन्त्री गुरुङले मन्त्रालयको कार्यकक्षमै बोलाएर सुन्न थाले सर्वसाधारणका गुनासा 

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयको कार्यकक्षमै सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्न

हिरासतबाट ओलीले बादललाई तोके कार्यवाहक अध्यक्ष

काठमाडौं- नेकपा एमालेले रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्ष तोकेको छ

विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद्मा प्रयोग गर्न दुईवटा हेलिकप्टर तयारी

चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने

काठमाडौं– निर्वाचन आयोगले यही चैत २२ गतेदेखि मतदाता नामावली सङ्कलन

मापसे गरी सवारी चलाउने १६ जना कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा मादक