अमेरिकाको जर्जियामा १४ वर्षीय बालकबाट गोली प्रहार, चारजनाको मृत्यु  « Khabarhub

अमेरिकाको जर्जियामा १४ वर्षीय बालकबाट गोली प्रहार, चारजनाको मृत्यु 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाको जर्जिया राज्यको एक विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु भएको छ । सिएनएनका अनुसार घटनामा ९ जना घाइते भएका छन् ।

एटलान्टाको लगभग ८० किलोमिटर उत्तरपूर्वमा रहेको ब्यारो काउन्टीको अपलाची हाई स्कूलमा १४ वर्षीय बालकले गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ ।

गोली चलाउने बालक पनि सोही विद्यालयको नै भएको स्थानीय प्रहरीले बताएको छ । गोली चल्दा दुई शिक्षक र दुई विद्यार्थीको मृत्यु भएको छ भने ८ विद्यार्थी र एक शिक्षक गरी ९ जना घाइते भएका छन् । प्रहरीले गोली चलाउने विद्यार्थीलाई पक्राउ गरेको बताएको छ ।

अमेरिकामा विद्यालयमा गोली चल्ने घटना पटक पटक हुने गरेका छन् । सन् २०२४ मा मात्र अमेरिकाको विद्यालयमा गोली चलेको यो ४५औँ घटना हो । यस अघि सन् २०२३ मा ८२ विद्यालयमा गोली चलेको थियो भने २०२२ मा ७९ र २०२१ मा ७३ विद्यालयमा गोली चलेको थियो ।

राष्ट्रपति जो बाइडेनले विद्यालयमा भएको गोलीकाण्डमा दुःख व्यक्त गरेका छन् । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ३० बजे

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला– जुम्लाको चन्दननाथ नगरपालिका– ५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’

मालढुङ्गा–बेनी सडक स्तरोन्नतिपछि यात्राअवधि छोटियो

म्याग्दी– म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक स्तरोन्नति

संसदीय इतिहासको साक्षी ग्यालरी बैठककाे सवलीकरण गरिँदै (तस्बिरहरू)

काठमाडौं– २०७२ सालको भूकम्पले क्षति गरेको नेपालको संसदीय इतिहासको साक्षीका

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज– वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल

सबै कार्यकर्ताले गर्व गर्ने एमाले बनाउन ओलीले नेतृत्व छाड्नुपर्छ : बिन्दा पाण्डे

काठमाडौं- हरेक क्षेत्रमा महिला सहभागिता र समानताको आवाज उठाउँदै आएकी