फाइल फोटो

आर्थिक

प्रि ओपन सेसन : झिनो अङ्कले बढ्यो नेप्से 

By खबरहब

September 05, 2024

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार प्रि ओपन सेसनमा झिनो अङ्कले बढेको छ । बिहीबार सेसन अवधिमा नेप्से ०.७४ अङ्कले बढेको छ । 

सो अवधिमा २० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ४ वटा कम्पनीको शेयर मूल्य स्थिर रह्याे ।

प्रि ओपन सेसनमा २५ लाख ८० हजार रुपैयाँ बराबरको ४ हजार ५६७ कित्ता शेयर किनबेच भएको छ । ४७ वटा कम्पनीको शेयर ७६ पटक किनबेच भयो ।