अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप « Khabarhub

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकाले रूसमाथि सन् २०२४ को राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाएको छ । उसले निर्वाचनमा हस्तक्षेपको प्रयास गरेको आरोपमा रूसका सरकारी सञ्चार माध्यममाथि प्रतिबन्ध लगाएको छ । 

अमेरिकाले राष्ट्रपति निर्वाचनमा हस्तक्षेपको प्रयास गर्न अभियान नै सञ्चालन गरेको दाबीसमेत गरेको छ । अमेरिकाका महान्यायाधिवक्ता मेरिक गारल्यान्डले रूसका सरकारी सञ्चारमाध्यम आरटी (रशियन टुडे) ले रूसी सन्देश बनाउन तयार गरेर अमेरिकी दर्शकसम्म पुर्‍याउनका लागि टेनेसीको एक फर्मलाई एक करोड़ डलर दिएको दाबी गरेका छन् । 

अमेरिकाले आरटीकी प्रमुख मार्गरिटा सिमोन्यानसहित १० जना रूसका सरकारी सञ्चार माध्यमका पत्रकारहरू माथि प्रतिबन्ध लगाएको बीबीसीमा समाचार प्रकाशित छ । 

तर, रूसी सरकारी सञ्चार माध्यम आरटीले अमेरिकाद्वारा लगाइएको आरोप अस्वीकार गरेको छ । अमेरिका अधिकारीहरू आरटीसँगै रूसका अन्य सरकारी मिडियाले आप्mना गलत गतिविधीहरुको समर्थनका लागि अमेरिकी इन्फ्लुएन्सर्सहरुलाई गोप्य रूपमा भर्ना अभियान चलाएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १२ : ३० बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी