नेताका कारण निराशा बढ्यो, युवा देशमा बस्न सकेनन् : चन्द्र भण्डारी | Khabarhub Khabarhub

नेताका कारण निराशा बढ्यो, युवा देशमा बस्न सकेनन् : चन्द्र भण्डारी


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

रामपुर (पाल्पा)- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले नेताहरुका कारण युवामा निराशा छाएको बताएका छन् ।

नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले देशमा नेताको कार्यशैलीले युवा पुस्तामाझ निराशा छाएको बताए ।

युवाहरू विदेशिने क्रम बढ्दो रहेको हुदा अब नेताले पद र प्रतिष्ठालाई मात्र महत्व दिनुभन्दा देश र जनताको हितमा काम गर्नुपर्ने उनले बताए ।

युवालाई देशमै बस्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

कांग्रेस पाल्पाले पूर्वसभापति ठाकुरचन्द्र विप्र कोइरालाको बुधबार निवासमा आयोजित शोकसभामा सरिक हुन उनी पाल्पा आए हुन् ।

मुलुक अब परिवर्तनको बाटोमा अघि बढ्नुपर्ने भण्डारीले बताए । अब मुलुक बनाउनुपर्ने बेला आएको भन्दै देशलाई पछाडि फर्कन नदिइ परिवर्तन गर्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : २९ बजे

आइन्स्टाइनको प्रभाव : गुडेको गाडीदेखि उडेको जहाजसम्म 

सापेक्षतावादको सिद्धान्त वैज्ञानिक जगतलाई महान् वैज्ञानिक आइन्स्टाइनको एउटा महत्त्वपूर्ण देन

इजरायलले सिरियामा गरेको आक्रमणमा १४ जनाको मृत्यु

दमास्कस– सिरियाली सरकारी सञ्चारमाध्यमले सोमबार राति मध्य हामा प्रान्तमा इजरायली

दुवै प्रहरीका विधेयक अन्तिम चरणमा, अर्थले सहमति दिएपछि कानुनमा पठाइने

काठमाडौं- सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेयकलाई अन्तिम रुप

मस गाउँमा एक वर्षमा फल्यो विदेशी स्याउ

ढोरपाटन – ढोरपाटन उपत्यकाबाट निसेलढोर जाने बाटोमा पर्ने मस गाउँमा

भेनेजुएलाका विपक्षी नेता गोन्जालेज देशबाट भागेर स्पेन पुगे

काठमाडौं- भनेनेजुएलाका विपक्षी नेता एडमन्डो गोन्जालेजले देश छोडेका छन् ।