‘देवी’को प्रिमियरमा कसले के भने ? « Khabarhub

‘देवी’को प्रिमियरमा कसले के भने ?


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘देवी’को रेडकार्पेट प्रिमियर शो सम्पन्न भएको छ । कमलपोखरीस्थित एक हलमा निर्माण पक्षले बुधबार प्रिमियर शोको आयोजना गरेको हो ।

निर्माण पक्षका अनुसार विभिन्न क्षेत्रका करिब डेढ सयजनाले प्रिमियर शो हरेको थिए । उनीहरुसँगै बसेर फिल्मका शीर्ष कलाकारहरू शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारीलगायतले फिल्म हेरेका हुन् ।

नायक कर्मा शाक्यले फिल्मले गहन विषयलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया दिए । उनले भने, ‘फिल्मको विषयले मन छोयो ।’

अभिनेत्री सृष्टि श्रेष्ठले यस फिल्मले बलात्कारविरुद्धमा सरकारलाई घच्घचाउन सफल हुने विश्वास व्यक्त गरिन् । त्यसै, कलाकार लुनिभा तुलाधरले फिल्म उत्कृष्ट बनेको प्रतिक्रिया दिइन् ।

प्रिमियरमा गजित बिष्ट, विशाल पहारी, अभिनेत्री मेनुका प्रधान, सृष्टि श्रेष्ठ, निर्देशक सौरभ चौधरीलगायत उपस्थित थिए ।

क्राइम थ्रिलर जनरामा निर्माण भएको फिल्मका निर्देशक सञ्जोग राई हुन् । फिल्मको कथा निर्देशक राईले अजय गौतमसँग मिलेर लेखेका छन् ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा बनेको फिल्मको निर्माण पक्षले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँग सहकार्य गरेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह-निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : १६ बजे

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र

सरकारले सुराकी गरेको भन्ने अमरेशको दाबीमा सस्मित : उहाँले कुन स्रोतबाट थाहा पाउनुभयो ?

काठमाडौं- नेपाल सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र

दुई सह-सचिवको बढुवा, कर्ण गण्डकी र कर्माचार्य ऊर्जा मन्त्रालयमा

काठमाडौं– सरकारले प्रशासन र प्राविधिक सेवातर्फका दुई सह-सचिवलाई सचिवमा बढुवा

हिमाली युवा कार्यदलको अन्तर्राष्ट्रिय संयोजक तथा सम्पर्क व्यक्तिमा सोनिका नियुक्त

काठमाडौं– संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र बालबालिका तथा युवाहरूको आधिकारिक वैधानिक संस्था मेजर

मलेसियाबाट म्यान्माली नागरिक स्वदेश फर्काइँदै, अधिकार समूहको विरोध

क्वालालम्पुर– मलेसियाले करिब १ हजार ५०० म्यान्माली नागरिकलाई स्वदेश फर्काउने