बालेनको आरोपबारे एमाले महासचिवको टिप्पणी- प्रधानमन्त्रीलाई जोडिरहनु जरुरी छैन « Khabarhub

बालेनको आरोपबारे एमाले महासचिवको टिप्पणी- प्रधानमन्त्रीलाई जोडिरहनु जरुरी छैन


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएको आरोपबारे मुख खोलेका छन् ।

प्रेस चौतारी नेपाल कर्णाली प्रदेशले बिहीबार सुर्खेत विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बालेनले लगाएको आरोपको कुरामा प्रधानमन्त्रीलाई जोड्न नहुने बताएका हुन् ।

मेयर साह र प्रधानमन्त्री ओलीबीचको टकरावलाई लिएर पोखरेलले प्रधानमन्त्रीसँग उक्त विषय जोड्न आवश्यक नभएको बताएका हुन् ।

बालेनले लगाएको आरोपबारे सम्बन्धित निकायले पुष्टि गर्ने भएकाले खासै बोल्न आवश्यक नरहेको उनले बताएका छन् ।

एमाले कर्णाली प्रदेशको सचिवालय बैठकलाई सम्बोधन गर्न सुर्खेत पुगेका महासचिव पोखरेल आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ३३ बजे

भूमिमन्त्रीको पहिलो निर्णय- बाँझो जमिन उपयोग गर्ने नीति ल्याउँछु

काठमाडौं– नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह

उपचारको क्रममा कैदीबन्दीको मृत्यु

वीरगञ्ज– वीरगञ्ज कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीबन्दीको

एमालेको महाधिवेशन : नेतादेखि प्रतिनिधिको दौडधुप, चहलपहल वृद्धि

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी

झापा क्षेत्र नम्बर ३ बाट कृष्ण सिटौला पुत्र श्याम कांग्रेस उम्मेदवारमा सिफारिस

काठमाडौं- तरुण दलका केन्द्रीय सदस्य श्यामप्रसाद सिटौला झापा क्षेत्र नम्बर

महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण (तस्बिरहरू) 

काठमाडौं– नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पदभार