‘जनयुद्ध’बारे एमालेको औपचारिक धारणा : हिंसाको माहिमण्डन नगरौँ | Khabarhub Khabarhub

‘जनयुद्ध’बारे एमालेको औपचारिक धारणा : हिंसाको माहिमण्डन नगरौँ


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले माओवादीले १० वर्षसम्म सञ्चालन गरेको भनिएको ‘जनयुद्ध’बारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

मंगलबार र बुधबार बसेको पोलिटब्यूरोको बैठकबाट एमालेले हिंसाको महिमामण्डन नगर्न लिखित आह्वान गरेको हो ।

पार्टीको पोलिटब्युरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्ताव पारित गर्ने क्रममा हिंसाबारे पनि औ‍पचारिक धारणा बनाइएको हो ।

‘केही दिनअगाडि पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा द्वन्द्वकालमा बेवारिसे छाडिएको बम विस्फोटको त्रासद् घटनामा परी दुईजना बालबालिका ११ वर्षीय दिप्सन साँवा र ३ वर्षीय प्रिन्सा साँवाको निधन भएको घटनाबाट पार्टी असाध्यै दुखित भएको छ’, एमालेले भनेको छ, ‘ज्यान गुमाउनु हुने दुवैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । घाइते बालकहरू १३ वर्षीय पवन राईसहितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुःखद घटनाले हिंसाको भयावहता र त्यसको असरले समाजलाई कति लामो समयसम्म आहत तुल्याइरहन्छ भन्ने स्पष्ट पारेको छ ।’

एमालेले मुलुक सशस्त्र द्वन्द्वको पीडादायी अतीतलाई बिर्सेर दिगो शान्ति, मेलमिलाप र नयाँ भविष्यतिर अगाडि बढ्न लागिरहेको पनि बताएको छ ।

उसले यो अवस्थामा देश अघि बढेसकाले हिंसाको महिमामण्डन गर्ने, त्यसको औचित्य पुष्टि गर्न खोज्ने र हिंसाका अवशेषलाई कायमै राख्ने काम कतैबाट पनि नगर्न पनि भनेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ५० बजे

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, २७ ढोका खोलिए

सुनसरी – पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाका

घरासयी विवादमा २४ वर्षीया श्रीमतीको हत्या, श्रीमान् पक्राउ

पर्सा – पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या

पब्जी विश्वकप : होरा इस्पोर्ट्स नवौं स्थानमा, जित्यो डेढ करोड बढी पुरस्कार

काठमाडौं – साउदी अरेबियामा जारी ‘इस्पोर्ट्स वर्ल्डकप २०२५’ अन्तर्गत पब्जी

मनसुन अझै केही दिन सक्रिय रहन्छ : मौसमविद् महर्जन

काठमाडौं – लामो खडेरीका कारण प्रभावित तराईका किसानले आज भने

भियतनाममा बाढीको कहर, १० जनाको मृत्यु

हानोई – भियतनामको उत्तर–पश्चिमी पहाडी क्षेत्रहरूमा आएको लगातार वर्षाका कारण