‘जनयुद्ध’बारे एमालेको औपचारिक धारणा : हिंसाको माहिमण्डन नगरौँ « Khabarhub

‘जनयुद्ध’बारे एमालेको औपचारिक धारणा : हिंसाको माहिमण्डन नगरौँ


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले माओवादीले १० वर्षसम्म सञ्चालन गरेको भनिएको ‘जनयुद्ध’बारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

मंगलबार र बुधबार बसेको पोलिटब्यूरोको बैठकबाट एमालेले हिंसाको महिमामण्डन नगर्न लिखित आह्वान गरेको हो ।

पार्टीको पोलिटब्युरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्ताव पारित गर्ने क्रममा हिंसाबारे पनि औ‍पचारिक धारणा बनाइएको हो ।

‘केही दिनअगाडि पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा द्वन्द्वकालमा बेवारिसे छाडिएको बम विस्फोटको त्रासद् घटनामा परी दुईजना बालबालिका ११ वर्षीय दिप्सन साँवा र ३ वर्षीय प्रिन्सा साँवाको निधन भएको घटनाबाट पार्टी असाध्यै दुखित भएको छ’, एमालेले भनेको छ, ‘ज्यान गुमाउनु हुने दुवैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । घाइते बालकहरू १३ वर्षीय पवन राईसहितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुःखद घटनाले हिंसाको भयावहता र त्यसको असरले समाजलाई कति लामो समयसम्म आहत तुल्याइरहन्छ भन्ने स्पष्ट पारेको छ ।’

एमालेले मुलुक सशस्त्र द्वन्द्वको पीडादायी अतीतलाई बिर्सेर दिगो शान्ति, मेलमिलाप र नयाँ भविष्यतिर अगाडि बढ्न लागिरहेको पनि बताएको छ ।

उसले यो अवस्थामा देश अघि बढेसकाले हिंसाको महिमामण्डन गर्ने, त्यसको औचित्य पुष्टि गर्न खोज्ने र हिंसाका अवशेषलाई कायमै राख्ने काम कतैबाट पनि नगर्न पनि भनेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १ : ५० बजे

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न