माङसेबुङ : जहाँका तीन युवाले एक महिनाबीचमा विदेशमा ज्यान गुमाए « Khabarhub

माङसेबुङ : जहाँका तीन युवाले एक महिनाबीचमा विदेशमा ज्यान गुमाए


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

इलाम- वैदेशिक रोजगारीले देशमा रेमिट्यान्समात्रै पठाइरहेको छैन, सुन्दर भविष्य साँचेर पसिना बगाउन पुगेका युवाहरू शव पनि बाकसमा आइरहेका छन् ।

रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेका बेला दिनदिनै युवाहरू बाकसमा आउने क्रम पनि बढिरहेको छ । यस्तै एउटा नियति भोगेको इलामको माङसेबुङ गाउँपालिकाले ।

जहाँका तीनजना युवकहरूले वैदेशिक रोजगारीका क्रममा एक महिनाबीचमा ज्यान गुएमा छन् ।

पछिल्लो पटक वैदेशिक रोजगारीका क्रममा यूएई पुगेका माङसेबुङ गाउँपालिका-१ निवासी युवा डकिन्द्र योङहाङले पनि ज्यान गुमाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मिलन लिम्बूका अनुसार देशमै फर्केर केही गर्छु भनिरहेका डकिन्द्र विदेशी भूमिमै बिते ।

‘अब फर्केर जन्मभूमिमै केही गर्छु’, डकिन्द्रको भनाइ उद्धृत गर्दै मिलनले भने, ‘आशा थियो- उनी छिट्टै फर्कन्छन् र मिलेर इलाममै केही गर्ने छौँ । विडम्बना, डकिन्द्र फर्किए बाकसमा, सधैँलाई बिदा भएर ।’

होनहार युवाहरू एकपछि अर्को विदेशमा बित्न थालेपछि मिलनले माङसेबुङलाई दशा लागेको बताए । ‘पछिल्लो एक महिनामा माङसेबुङले नरेन्द्र योङहाङ, पर्वत राई, डकिन्द्र योङहाङ र हर्क कुरुम्बाङसहित ४ होनहार युवा गुमाएको छ’, उनले सुनाए, ‘नरेन्द्रबाहेक पर्वत, डकिन्द्र र हर्क परदेशमै अस्ताए ।’

उनका अनुसार दुई हप्ता अघि मलेसियामा बितेका पर्वतलाई केही दिनअघि मात्रै नेपाल ल्याएर अन्त्येष्टि गरिएको थियो । दुई हप्ताअघि नै यूएईमा बितेका डकिन्द्रलाई बिहीबार घल लगेर अन्त्येष्टि तयारी गरिएको छ । हर्कको शव ल्याउनै बाँकी रहेको उनले बताए ।

‘वैदेशिक रोजगार नियति बनेको छ । सँगै, सुनौला सनपाहरू परदेशमै ओइलाइरहेका छन्’, उनले भने, ‘पर्वत, डकिन्द्र र हर्क जस्तै सयौँ युवाको सपना परदेशमै ओइलाएको छ । अझै कतिको जीवन र सपना परदेशमै सकिने हो थाहा छैन ? अब त यो नियति अन्त्य गर्नु पर्छ ।’

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : ०५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६