आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस « Khabarhub

आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

पिट्सबर्ग उपराष्ट्रपति कमला ह्यारिस बिहीबार पाँच दिनका लागि आगामी हप्ता हुने राष्ट्रपति बहसको तयारीका लागि महत्त्वपूर्ण रणभूमि राज्य पेन्सिलभेनिया जाने भएकी छन् ।

फिलाडेल्फियामा रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पविरुद्ध मंगलबार हुने बहसका लागि ह्यारिस पिट्सबर्ग जाने भएकी हुन् । त्यहाँ उनले सल्लाहकारसँगको सहकार्यमा चुनावी रणनीति तयार पार्ने द वासिङ्टन पोस्ट र सीएनएनले जनाएको छ । 

उनको अभियान कार्यक्रम निर्धारित गरिएको छैन तर मतदाताहरूसँग अनौपचारिक बैठकहरूमा भाग लिने अपेक्षा गरिएको छ । 

छ हप्ताअघि राष्ट्रपतिको दौडमा ह्यारिसको प्रवेशले बाइडेनको ट्रम्पविरुद्ध जितको न्यून सम्भावनाले निराश भएका डेमोक्रेटहरूबीच उत्साह छरेको छ । हाल दुवै दलले नोभेम्बर ५ मा हुने चुनावका लागि तयारी गरिरहेका छन् । 

अमेरिकी निर्वाचनमा पेन्सिलभेनिया, जर्जिया र अन्य स्विङ राज्यहरू निर्णायक हुने अपेक्षा गरिएको छ । आगामी हप्ता हुने बहसले निर्वाचन अभियानको सबैभन्दा गहन चरणको सुरुआतलाई चिह्नित गर्नेछ भने यो ह्यारिस र ट्रम्प बीचको पहिलो भेट हुनेछ ।

ह्यारिसको पेन्सिलभेनियामा हुन लागेको तयारीले मेरिल्यान्डको क्याम्प डेभिडमा ट्रम्पसँगको जुन २७ को बहसका लागि बाइडेनको एक हप्ता लामो तयारीलाई प्रतिबिम्बित गर्दछ । यसले उनको राष्ट्रपति अभियानलाई प्रभावकारी रूपमा समाप्त गरेको थियो । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : ०८ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक