टी-२० क्रिकेटमा मंगोलियाको अनौठो कीर्तिमान, केवल १० रनमै समेटियो « Khabarhub

टी-२० क्रिकेटमा मंगोलियाको अनौठो कीर्तिमान, केवल १० रनमै समेटियो


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


687
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी टी-२० विश्वकप को एशिया क्वालिफायरअन्तर्गतको खेलमा मंगोलिया केवल १० रनमै अलआउट भएको छ ।

बिहीबार सम्पन्न सिंगापुरविरुद्धको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्रै बनाएर अल आउट भएको थियो ।

मंगोलियाका लागि पाँच ब्याट्सम्यान डक आउट भए भने २ जनाले २-२ रन बनाए।

अतिरिक्त २ रन पाएको मंगोलियाका लागि चार ब्याट्सम्यानले एक एक रन बनाए ।

मंगोलियाको ब्याटिङ लाइन ध्वस्त गर्ने क्रममा सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिए ।

त्यस्तै ११ रनको लक्ष्य पाएको सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो ।

टी-२० अन्तराष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ । यसअघि आइल अफ म्यानले पनि स्पेनविरुद्ध १० रन बनाएको थियो ।

टी-२० क्रिकेटमा सबैभन्दा कम रन बनाउने चार इनिङमा मंगोलियाले तीन पटक कम टोटल बनाएको छ । जुन यसै वर्ष बनाएको हो । मंगोलियाले यसअघि जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : १३ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक