द्वन्द्वपीडित सङ्घले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र « Khabarhub

द्वन्द्वपीडित सङ्घले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज ध्यानाकर्षणपत्र बुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्ष रुपमा प्राथमिकता दिनसक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो । 

सोसम्बन्धी कानुन संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

 सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएकोप्रति पीडित सात लाख पचास हजारमध्ये एक लाख पचास हजारका दरले मात्रै रकम प्राप्त भएकाले बाँकी रकम तत्काल निकासा गर्नुपर्ने माग पनि गरिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  २ : ५८ बजे

नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड

काठमाडौं – उपसभामुख इन्दिरा रानाले आपसी सम्मान र समझदारीमा आधारित

सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय स्थापना हुने

बैतडी – बैतडीको मेलौलीसहित सुदूरपश्चिमका चार स्थानमा इलाका प्रशासन कार्यालय

अफगानिस्तानले कान्दाहारमा चार हजार परिवारका लागि नयाँ आवासीय बस्ती निर्माण गर्ने

काबुल – अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा विदेशबाट फर्किएका चार हजार

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

काठमाडौं – उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि

जबरर्जस्ती करणी मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ

सिरहा – जबरर्जस्ती करणी उद्योग मुद्दामा फरार रहेका दुई जना