संविधान दिवसमा माफी पाएर रिहा हुँदै हजार कैदी (सूचीसहित) « Khabarhub

संविधान दिवसमा माफी पाएर रिहा हुँदै हजार कैदी (सूचीसहित)


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले आगामी असोज ३ गते पर्ने संविधान दिवसका अवसरमा एक हजारभन्दा बढी कैदीको बाँकी सजाय मिनाहा गरेर छाड्ने तयारी गरेको छ ।

असोज ३ गते संविधान दिवसका अवसरमा उनीहरूलाई सजाय मिनाहा गरेर थुनामुक्त गर्न लागिएको हो । थुनामुक्त हुनेहरूको सूची कारागार व्यवस्थापन विभागले बिहीबार सार्वजनिक गरेको छ।

विभागले यसअघि गत असार ९ गते ७ दिने सार्वजनिक सूचना निकालेर ६२० जना कैदीको सजाय मिनाहाका लागि नामावली प्रकाशित गरेको थियो ।

ती ६२० जना छुट्न बाँकी नै छ । विभागले मंगलबार थप ४९२ जनाको नामावलीसहित थुनामुक्त हुनेहरूको सूचीसहित  ७ दिने सूचना निकालेको छ ।

सजाय मिनाहा गर्न लागिएका कैदी बन्दीहरूविरुद्ध उजुरी वा गुनासो भए विभागमा उपलब्ध गराइदिन भनिएको छ ।

विभागले गत असार ९ गते र भदौ १६ गते सूचना निकालिएका कैदीहरूलाई संविधान दिवसका दिन माफी मिनाहाका लागि एकसाथ सिफारिस गरिने जनाएको छ ।

सरकारले खासगरी जेठ १५ गतेको गणतन्त्र दिवस र असोज ३ गतेको संविधान दिवसमा अनुशासन र आचरण हेरेर सयौँ कैदीलाई रिहा गर्दै आएको छ ।

तर यस पट गत जेठ १५ गतेको गणतन्त्र दिवसका दिन पनि कैदीको सजाय माफी मिनाहा हुनुपर्ने थियो । सर्वोच्च अदालतको आदेशपछि नियमावली संशोधनमा जाँदा रिहा गर्न नसिएको थियो । अब अहिले नामावाली प्रकाशित गरेर एक हजारभन्दा धेरै कैदीको सजाय माफी गर्न लागिएको हो ।

सूचनाअनुसार परेका उजुरीका आधारमा विभागले असार ९ मा प्रकाशित ६२० जनाबाट १९ जनाको नाम हटाएको छ । असार ९ र भदौ १६ सहित हजारबढीले यस पटक माफी मिनाहा पाउने छन् ।

अब सात दिने उजुरीको समय गुज्रिएपछि कैदीहरूको सजाय माफीका लागि गृहमन्त्रालयमार्फत सरकारकहाँ सिफारिस गरिने भएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ३ : ५२ बजे

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक

पनामामा भूकम्पपछि आपतकाल घोषणा 

एजेन्सी- शक्तिशाली भूकम्पबाट घर, विद्यालय, अस्पताल, सडक तथा सार्वजनिक भवनमा

आईपीयूमा नेपालको जलवायु विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइ मतले पारित

काठमाडौं– प्रतिनिधसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

दिवंगत विजय पौडेलको निवासमा पुगे अध्यक्ष ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  दिवंगत भएका डा.

गाजामा पाँच प्यालेस्टिनी लडाकु मारिएको इजरायलको दाबी

काठमाडौँ – इजरायली रक्षा बल (आईडीएफ) ले दक्षिणी गाजामा पछिल्लो दुई