मानव बेचविखनको जालो : घरेलु कामदारका नाममा लिलामीमा चढाइन्छन् नेपाली महिला | Khabarhub Khabarhub

 मानव बेचविखनको जालो : घरेलु कामदारका नाममा लिलामीमा चढाइन्छन् नेपाली महिला

बेचिनेलाई थाहा हुँदैन आफ्नो मूल्य



६ महिनाअघि दाङकी कमला विक (नाम परिवर्तन) दुबई हुँदै ओमान पुगिन् । श्रीमानलाई टिवी (क्षयरोग) लागेपछि सबै जिम्मेवारी उनको काँधमा आयो । बिरामी श्रीमान्, सासूससुरा र छोरा गरी पाँच जनाको परिवार हेर्ने जिम्मेवारीले कमलालाई वैदेशिक यात्रातर्फ डोर्‍यायो । 

आर्थिक अवस्था कमजोर थियो, खेतीपाती गरेर खाने जग्गाजमिन पनि थिएन । परिवारकै सरसल्लाहमा उनी कुबेत रोजगारीमा जाने भइन् । सोही अनुरूप एजेन्टमार्फत उनी कुवेत जाने प्रक्रियामा जुटिन् । 

एजेन्टले कुवेतमा धेरै महिला पठाइसकेको जानकारी गराएका थिए । धेरै महिलाले राम्रो कमाइ गरेको र घरेलु काम सजिलो पनि हुने बताए । घामपानी सहनुनपर्ने र बाहिरफेर हिँड्नुनपर्ने ढाडस दिइएको थियो । महिनाको तलब ११० कुबेत दिनार हुने बताए । यस्ता आकर्षक प्रस्ताव सुनेर उनी आफू जस्ता महिला अरु पनि पुगेका रहेछन् भनेर ढुक्क भइन् ।

अर्को फ्रि भिसा र फ्रि टिकट पनि थियो । पहिलोपटक कुवेतको लागि भनेर तयारी भइन् । तर फ्लाइट क्यान्सिल भयो । त्यसपछि एजेन्टले दुबईको टिकट काटिदिए । पाँच दिन दुबई बसेर कुबेत जाने व्यवस्था त्यहाँबाट मिलाउने भने । 

त्यहि अनुरूप उनी दुबई पुगिन् । त्यहाँ उनलाई दुई नेपालीले रिसिभ गरेका थिए ।  र उनीहरूले एक फ्ल्याटमा लगेर राखे । फ्ल्याटमा अरु नेपाली दिदीबहिनीहरू पनि थिए । जो कुबेत जाने भनेर त्यहाँ बसिरहेका थिए । 

दुबई बसेको एक महिनापछि उनको भीसा आएपनि मालिकले टिकट नपठाएर रोकिन पर्यो । एजेन्टले भीसा क्यान्सिल हुन ६ महिना लाग्छ । तिमीलाई कुबेत पठाउन सकिएन ओमान जाउ भन्न थाले । पछि ओमनबाटै कुबेत भीसा लगाउन सकिने प्रस्ताव उनीहरूले राखे । 

 एजेन्टले जे भन्यो त्यहीँ नमान्नुको विकल्प थिएन । ओमान जाने भनेर अर्को एजेन्टसँग भेट गराए । त्यो एजेन्टले पाँच दिनमा ओमानको भीसा आएको बतायो । सोही दिन दुबईबाट गाडीमा ६ घण्टामा ओमानस्थित एआइ फारस् एएल लामा नामको एजेन्टकोमा पुर्याए । 

उक्त एजेन्टले बिहान ८ बजेदेखि १ बजेसम्म र साँझ ५ बजेदेखि राति ९ बजेसम्म बिक्री गर्नको लागि लाइनमा उभ्याएर राख्यो । त्यहाँ उनीसहित २७ अरु नेपाली महिला थिए । 

१२ दिन लाइनमा बसेपछि एक ओमानी नागरिकले कमलालाई १४ सय रियालमा किनेर आफ्नो घर मस्कट भन्ने ठाउँमा लग्यो । उक्त घरमा साहुसाहुनी दुई बच्चा गरेर चार जनाको परिवार थियो । तर उनलाई बिहानको ५ बजेदेखि मध्यरातको १ बजेसम्म काममा लगाइन्थ्यो । करिब २० घण्टा काम गर्नुपर्ने र खाना जम्मा दिनको एक छाक मात्रै । 

बिरामी हुँदा उपचार त परै जाओस्, रेस्ट गर्न पनि सम्भव थिएन । तलब जम्मा महिनाको सय रियाल मात्रै । पछि साहुले त्यहीँ तलबमा आफ्नो बहिनीको घरमा पनि काम गर्न लगायो । काम धेरै भयो भनेर कम्प्लेन गरेपछि ६ महिना ६ दिन पछि त्यो साहुले पाँच महिनाको तलबसहित एजेन्टमार्फत फिर्ता गरिदियो ।
फिर्ता आएपछि एजेन्टले पासपोर्ट, मोबाइल जफत गरेर पाँच महिना बन्धक बनाइ राखे ।

 त्यहाँ उनीहरूलाई खाना र पानी पनि बाँच्न सास धान्न पुग्ने मात्रै दिने । कपडा च्यातिदिने र कुटपिटसमेत गर्थे । त्यहाँ अरु सात जना नेपाली दिदीबहिनी उनी जस्तै बन्धक थिए । 

 त्यसैक्रममा आशा थापा (नाम परिवर्तन) लाई त्यहाँबाट निकालेर कुबेत पठाए । उनले कुबेत पुगेपछि भाउजू नाता पर्नेलाई कमला ओमानमा बन्धक भएको जानकारी दिइन् । भाउजुले नेपालस्थित मानव बेचबिखन अनुसन्धान ब्युरोमा उद्धारको लागि उजुरी दिएपछि उनी नेपाल आइपुग्न सफल भइन् । 

त्यस्तै अर्की सिन्धुपाल्चोककी शान्ति तामाङ (नाम परिवर्तन) कुवेतमा आकर्षक तलबको प्रलोभनमा परिन् । श्रीमान् वैदेशिक रोजगारमै थिए । तर श्रीमानको कमाइले त्यति राम्रो थिएन । श्रीमान् श्रीमती दुवैले कमाए अलि केही जोड्न सकिएला भन्ने शान्तिलाई लाग्यो । 

एजेन्टले १० घण्टा काम गरेर ११० केडी तलब हुन्छ भनेपछि उनले नेपाली एक लाख पचास हजार एजेन्टलाई बुझाइन् । उनी पनि श्रीमान्, परिवार सबैको सल्लाहमा वैदेशिक रोजगारमा हानिएकी थिइन् । कुबेत पुगेपछि त्यहाँ उनलाई एक ४० वर्ष जतिका पुरुष लिन आए । 

उसले एक एजेन्टकोमा लगेर राख्यो । सोही दिन साँझ एक अरबी श्रीमानश्रीमती आएर शान्तिलाई १३ सय केडीमा किनेर लगे । घर पुगेपछि उनीहरूले पासपोर्ट र मोबाइल निणन्त्रणमा लिए । तर उनीसँग अर्को सानो मोबाइल थियो, त्यो भने लुकाइन् । 

 उनीहरुले शान्तिलाई १९-२० घण्टा काम लगाए । यति धेरै काम गर्न नसक्ने जनाउ दिएर घर फर्किन्छु भन्न थालिन् । त्यसपछि उनीहरूले कुटपिट गर्न थाले । उक्त घरमा डेढ महिना बसेपछि ती मालिकले पुनः एजेन्टकोमा फिर्ता गरिदिए । एजेन्टकोमा उनी झनै सुरक्षित रहिनन् । फिर्ता आएको निहुँमा उनीमाथि यौन कुव्यवहार हुन थाल्यो । 

उनले नेपालको एजेन्टलाई नेपाल फिर्ता गरिदिन आग्रह गरिरहिन् । तर उसले पाँच लाख दिए मात्रै फिर्ता गराइदिने अड्डी लियो । कुवेतको एजेन्ट मोदिरले पनि नेपाल फर्किन उल्टो पाँच लाख चाहिने जिकिर गर्यो । यतै पैसा माग्ने, उतै पैसा माग्ने उनले बल्ल आफू बेचिएको थाहा पाइन् । 

नेपाल फिर्ता नआउँदासम्म उनी विभिन्न घरमा एक, दुई महिनाको लागि पटक पटक बेचिइन् । जहाँ पनि २० घण्टा काममा लाउने र पेटभरि खान पनि नदिने अवस्था थियो । 

पटक–पटकको बार्गेनिङ पछि नेपालको एजेन्टले एक लाख ३० हजारमा फिर्ता गरायो । माथिका प्रतिनिधि घटनाले खाडीमुलुक देशहरूमा घरेलु कामदारका रुपमा जाने नेपालीहरू बेचिएको देखाउँछ । त्यहाँ उनीहरूको श्रम मात्रै नभइ यौन शोषणसमेत भएको छ । 

 मानव बेचविखन अनुसन्धान ब्युरोले पाँच वर्षमा कुवेतबाट मात्रै १४८ जना महिला र एक जना पुरुष गरी १४९ जनाको उद्धार गरेको छ । घरेलु कामदारको रुपमा गएका विभिन्न देशहरूबाट महिला ५७२ र पुरुष ३०९ गरी ९७९ जनाको उद्धार गरेको छ । 

व्यूरोको प्रवक्ता गौतम मिश्र यो सङ्ख्या उजुरी दिन आएर उद्धार गरिएकाहरूको मात्रै भएको बताउँछन् । 

उनी भन्छन्, ‘उजुरी दिन आउन नसक्नेहरूको सङ्ख्या निकै धेरै छ । वैदेशिक रोजगारको क्रममा धेरै नेपालीहरू बेचिएका छन् ।’ ‘पुरुषको तुलनामा महिलाहरु धेरै पीडित छन् । उनीहरुको श्रम मात्रै नभएर यौन शोषणसमेत भएको छ, मिश्रले भने ‘यसको मुख्य कारण देशमा व्याप्त बेरोजगारी नै हो । सरकारले रोजगार सिर्जना गर्न सकेको छैन । बाध्य भएर सानो कमाइको लागि नेपालीले निकै ठूलो जोखिम मोल्न बाध्य भएका छन् । कतिले समयमा उद्धार नहुँदा ज्यानसमेत गुमाउनु परेको छ ।’

वैदेशिक रोजगारको क्रममा नेपालीहरू कुबेत, लिबिया, कतार, मलेसिया, जोर्डन, ओमान, इराक, कम्बोडिया लगायतका देश पुगेका छन् । प्रवक्ता मिश्रले मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा सन्तोषजनक अवस्था नरहनेको बताए । 

खाडीमा घरेलु कामदारको रुपमा जानेहरूले निकै लामो समयपछि मात्रै बेचिएको थाहा पाउने भएकाले समयमै उद्धार गर्न गाह्रो भएको उनको भनाइ छ । उनी थप्छन्, ‘धेरै देशहरूमा नेपालीहरू बेचिएका छन्, ती देशहरूमा गएर खोज अनुसन्धान गर्नको लागि व्यूरोमा भएको जनशक्ति अत्यन्त न्यून हो । यति थोरै सङ्ख्यामा रहेको जनशक्तिले जति काम गरेको त्यो उल्लेखनीय नै हो ।’

 ‘तर, सरकारले आफ्ना नागरिक बेचबिखन हुनबाट जोगाउन जति काम गर्नुपर्ने थियो, त्यो सन्तोषजनक छैन । समयसँगै मानव बेचबिखनका तरिका परिवर्तन भएका छन्, मिश्र थप्छन्, ‘पहिले देशभित्र र बाहिर भारतसम्ममा मात्रै हुन्थ्यो । अहिले रोजगारीका नाममा जुनसुकै देशमा पुगेका नेपालीहरू बेचिएका छन् । पीडितलाई आफू बेचिएकै थाहा हुँदैन ।’

मानव बेचबिखन राज्यको कुनै एक निकायले मात्रै समाधान गर्ने विषय नभएको मिश्र बताउँछन् । उनी भन्छन्, ‘आफ्ना नागरिकलाई देशमै राख्ने वा जोखिम भएको ठाउँमा जानै नदिने संयन्त्र बनाउन सबैले हातेमालो गर्नुपर्छ ।’ देशमा रोजगारको अवस्था सिर्जना गर्न सके घरेलु कामदारको लागि नेपालीहरू वैदेशिक रोजगारमा जानुपर्दैनघर–घरै नेपाली बेचिनुपर्ने अवस्थाको न्यूनिकरण हुने मिश्रको भनाइ छ । 

मानव बेचबिखन नियन्त्रण ऐन २०६४ को दफा १५ ले २० वर्ष कैद र दुई लाख जरिवानाको तोकेको छ। त्यस्तै ओसारपसार भएमा सजाय १ वर्ष कैद सजाय तोकेको छ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ४ : ०४ बजे

प्रि ओपन सेसन : साढे २ अंकले बढ्यो नेप्से

काठमाडौं– प्रि ओपन सेसनमा बुधबार नेप्से परिसूचक साढे २ अंकले

म्याद थपका लागि प्रसाईंलाई आज अदालत लगिने

काठमाडौं– प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार

छविलाल जोशीलाई काठमाडौं अदालतमा पेस गरिँदै

काठमाडौं– सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका गोर्खा मिडिया

आयोगले आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं– निर्वाचन आयोगले यही मंसिर १६ गते हुने स्थानीय तह

‘१२ कक्षा सकेपछि बाबुआमाले पैसा दिन छाड्नुपर्छ’

काठमाडौ‌ं– बैतडी पञ्चेश्वर ४ निवासी रविना चन्द २० वर्षको उमेरमै