दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न निर्देशन « Khabarhub

दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न निर्देशन


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिएको छ ।

आज बसेको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले औषधिको गुणस्तर सुनिश्चितताका लागि उत्पादन, बिक्री वितरण लगायतलाई नियमन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिएका हुन् ।

बैठकमा स्वास्थ्य र जनसङ्ख्या व्यवस्थापनसम्बन्धी विद्यमान अवस्था र मन्त्रालयबाट भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाबारे छलफल भएको थियो ।

समितिले स्वास्थ्य बीमा योजनालाई व्यवस्थित गर्ने विषयमा पनि निर्देशन दिएको छ । समितिले स्वास्थ्य बीमा अन्तर्गत समावेश तथा बिरामीका लागि आवश्यक सबै प्रकारका औषधि अस्पतालका फार्मेसीबाट सहजै प्राप्तिको सुनिश्चित गर्न निर्देशन दिएको हो ।

साथै अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाइ आम नागरिकले सहज रुपमा सेवा पाउने अवस्थाको सुनिश्चित गर्ने सम्बन्धमा विगतमा दिएका निर्देशनको कार्यान्वयनसम्बन्धी प्रगति विवरण १० दिनभित्र समिति समक्ष उपलब्ध गराउनसमेत समितिले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : ०१ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार