राष्ट्रब्यापी वक्तृत्व कला प्रतियोगिता गर्दै अखिल, विजेतालाई ५० हजार « Khabarhub

राष्ट्रब्यापी वक्तृत्व कला प्रतियोगिता गर्दै अखिल, विजेतालाई ५० हजार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेनिकट अनेरास्ववियुले रास्ट्रब्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता गर्ने भएको छ ।

उक्त संगठनले काठमाडौमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । ‘मभित्रको मदन भण्डारी’ भन्ने थिममा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

प्रतियोगिताबारे अनेरास्ववियु उपत्यका विशेष प्रदेशका अध्यक्ष विशाल न्यौपानेले जानकारी दिँदै स्कुल, कलेज र विश्वविद्यालयमा अध्ययन गर्ने २८ वर्षमुनिका विद्यार्थी–युवाले सहभागी हुन पाउने बताए ।

उनका अनुसार प्रतियोगी समसामयिक विषय पहिचान गर्नु पर्ने छ। उक्त बिषय सामाजिक, राजनीतिक, आर्थिक, कानुन, वातावरण, अन्तर्राष्ट्रिय सम्बन्ध आदि सार्वजनिक विषय हुनुपर्ने छ ।

आफूले छनौट गरेको विषयमा आफ्नो दृष्टिकोण र समस्या भए नेताका रुपमा समाधानको पहल कसरी हुन सक्छ, त्यो कुरालाई प्रस्तुततिको विषय बनाउनु पर्ने उनले बताए आयोजकले प्रथम चरणको प्रतिस्पर्धामार्फत १० उत्कृष्ट वक्ताहरु छनौट गरेर अन्तिम चरणको भौतिक उपस्थितिमा काठमाडौँमा प्रतिस्पर्धा गराइने भएको छ ।

अन्तिम चरणबाट एकजना सर्वोत्कृष्ट वक्ता र एकजना उत्कृष्ट वक्ता घोषणा गरिने भएको छ । अन्तिम चरणको लागि निश्चित विषयहरु प्रतियोगीलाई प्रदान गरिने भएको छ । भौतिक प्रतिस्पर्धासम्बन्धी नियमहरु प्रतियोगिताभन्दा ३ दिन अगाडि प्रदान गरिने भएको छ ।

आयोजकले सर्वोत्कृष्ट वक्तालाई ५० हजार पुरस्कारसहित ‘मदन भण्डारी सर्वोत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार’ र उत्कृष्ट वक्तालाई २५ हजार पुरस्कारसहित ‘मदन भण्डारी उत्कृष्ट सार्वजनिक वक्ता पुरस्कार’ दिइने अनेरास्ववियु सचिव सञ्जीव धितालले बताए ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ५ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै