एन्फा महिला लिग : वालिङ नगरपालिका विजयी « Khabarhub

एन्फा महिला लिग : वालिङ नगरपालिका विजयी


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित हासिल गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै वालिङले सहज जित हासिल गरेको हो । वालिङका लागि ज्याक्लीन नास्सालीले १०, ४१ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने चौथो गोल सुक्रिया मियाले ९० औं मिनेटमा गरिन् ।

त्यसअघि बिहीबार नै भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती युथ क्लबलाई पराजित गर्यो । खेलमा कोशीले बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।  जितसंगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलेको बागमतीको भने तीन अंक छ । 

कोशीकी समीक्षा मगरले एक गोल गरिन्। यस्तै, बागमतीकी विष्णुमाया बलले एक गोल गर्दा दिव्या मगरले आत्मघाती गोल गर्न पुगिन् । एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : ४७ बजे

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित