महानगरले लखेटिरहेपछि कवाड व्यवसायीले गुहारे प्रधानमन्त्री | Khabarhub Khabarhub

महानगरले लखेटिरहेपछि कवाड व्यवसायीले गुहारे प्रधानमन्त्री


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौं‍- कवाड व्यवसायी समाजले सहज रुपमा पेशा व्यवसाय गर्न पाउनु पर्ने मागसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकार्षण पत्र बुझाएको छ।

बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर कवाडी व्यवसायी समाजका अध्यक्ष राम केवल गुप्ताले सरकारको ध्यानाकार्षण गराएका हुन् ।

वर्षौँदेखि व्यवसाय गर्दै आएका कवाड व्यवसायीहरूलाई काठमाडौं महानगरपालिकाले अभद्र व्यवहार गरेको आरोप उनीहरूले लगाएका छन् ।

महानगरले वातावरण बिगारेको, आगलागीका घटना र चोरीका घटना बढाएको जस्ता झुटा आरोप लगाएर कवाड व्यवसायीलाई काठमाडौंबाट विस्थापित गर्न खोजेको उनीहरूको आरोप छ ।

महानगरले कवाड व्यवसायीमाथि गरिरहेको आक्रमण र तोडफोड तत्काल रोक्न लगाई सरल र सहज ढंगले सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ओलीसमक्ष उनीहरू आग्रह गरेका छन् ।

कवाड व्यवसायमाथि महानगरले तोडफोड गरेको, समान जफत गरेको, अभद्र व्यवहार गर्दै व्यवसायको दर्ता नवीकरण नगरेको र अन्य निकायमा पनि प्यान भ्याट दर्ता गर्न रोक लगाएको उनीहरूले बताएका छन् ।

कानुन बमोजिम दर्ता नवीकरण गराउन चाहेका कवाड व्यवसायलाई दर्ता नवीकरण गराउनुपर्ने, आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथिको अराजक गतिविधि रोक लगाउनुपर्ने र व्यवसाय गर्न पाउने हकको हनन हुन नहुने माग कवाड व्यवसायीहरूले गर्दै आएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : ३६ बजे

हेलेनपछि अमेरिकामा मिल्टन आँधी : फ्लोरिडा छोड्न चाहनेका लागि उडान थपिए

फ्लोरिडा – केही दिन अघि हेलेन आँधीले वितण्डा मच्चाएको अमेरिकामा

डलर घट्दा यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन्

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार