मकवानपुर- तालिमका लागि जाँदै गरेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ ।

मकवानपुरको हेटौंडास्थित ७ नम्बर बाहिनी चनवनबाट तालिमका लागि सिमभन्ज्याङ रिकि गर्न जाँदै गरेको बा १ ग ३४३६ नम्बरको ट्रकमा बिहिवार त्रिभुवन राजपथ दामन–शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका- ४ कुर्सीको मोडमा आगलागी भएको हो ।

ट्रकको सापट भाँच्चिएपछि ट्रकलाई साइड लगाउने क्रममा अचानक आगो लागेको हो । उक्त ट्रकमा १८ जना सेना सवार थिए । आगलागीबाट मानवीय क्षती भने नभएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

उक्त ट्रकमा लागेको आगो थाहा नगरपालिकाको दमकलले निभाएको थियो । सापट भाँच्चिएर डिजल ट्याङ्कीमा लागेर चुहिएपछि आगलागी भएको अनुमान छ ।