युक्रेनसँग शान्ति वार्ताका लागि तयार छौं : पुटिन « Khabarhub

युक्रेनसँग शान्ति वार्ताका लागि तयार छौं : पुटिन


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


459
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफू युक्रेनसँग वार्ता गर्न तयार रहेको बिहीबार बताएका छन् ।

रूसले वार्तालार्ई कहिल्यै इन्कार नगरेको तर वार्ता युक्रेनको मागमा मात्र आधारित नहुने उनले बताए । वार्ताहरू इस्तानबुलमा हस्ताक्षर गरिएका कागजातमा आधारित हुनुपर्नेमा उनले जोड दिए ।

“हामी युक्रेन सरकारका प्रतिनिधिसँग सम्भावित शान्ति वार्ताका सबै मापदण्डमा पुगेका थियौँं,” रूसको भ्लादिभोस्तोक शहरमा ‘इस्टर्न इकोनोमिक फोरम’मा प्रश्नोत्तर सत्रका क्रममा पुटिनले भने।

उनले भने, “हामीले वार्ता गर्न कहिल्यै इन्कार गरेका छैनौँ। उनीहरूसँग वार्ता गर्न तयार छौँ तर केही क्षणिक मागका आधारमा होइन । इस्तानबुलमा सुरु गरिएको वार्तामा पेश भएका कागजातहरूको आधारमा वार्ता हुनुपर्छ । त्यो वास्तवमा सहमति थियो ।”

मस्कोले युक्रेनमा आक्रमण सुरु गरेको केही समयपछि क्रेमलिनले सन् २०२२ को वसन्त ऋतुमा रूस र युक्रेन सम्झौताको नजिक पुगेको दाबी गर्दै आएको छ ।

पुटिनले भने, “हामी सहमतिमा पुग्न सफल भएका थियौँ, युक्रेनी प्रतिनिधिमण्डलका प्रमुखले यो दस्तावेजको सुरुवात गरेका र हस्ताक्षर पनि गरेका थिए । यो नैै तत्कालिन सहमतिको प्रमाण हो, जसको अर्थ युक्रेनी पक्ष सामान्यतया भएका सम्झौताहरूबाट सन्तुष्ट थियो ।”

पुटिनले वार्ता असफल हुनुमा युक्रेनका पश्चिमा सहयोगीहरूको हात रहेको दाबी गर्दै भने, “अमेरिका, युरोप र केही सम्भ्रान्त युरोपेली मुलुकका सदस्यले रूसलाई रणनीतिक रुपमा पराजित गर्न चाहेकाले मात्र यो लागु नभएको हो ।”

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : २७ बजे

बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुको ‘उम्मेदवारी घोषणा’

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र

४८ घण्टा छलफलपछि रवि र बालेनबीच सहमति, को को थिए साक्षी ?

काठमाडौं – लगातार तीन दिनदेखिको छलफललाई निष्कर्षमा पुर्याउँदै राष्ट्रिय स्वतन्त्र

निर्वाचन ६७ दिन बाँकीः एक करोड ८९ लाख मतदाताले छान्नेछन् प्रतिनिधिसभा सदस्य

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

प्रधानमन्त्री बालेन, पार्टी नेता रवि : रवि–बालेन सम्झौताका सात बुँदामा के छ ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर