घन्किनै छाडे तीजमा मादल « Khabarhub

घन्किनै छाडे तीजमा मादल


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

कैलाली – कैलालीको घोडाघोडी नगरपालिका–८ की कुष्मा रोकाया मादल बजाउनमा सिपालु छिन् । तीजमा रमाइलो गर्दा वा देउसीभैलो खेल्दा उनको जिम्मा मादल बजाउने र गीत गाउने हुन्थ्यो ।

तीजको बेलामा सबै जम्मा भएर मादल बजाउँदै नाचगान गरेको उनलाई सम्झना आउँछ । तीज आउनभन्दा महिनादिन अघिदेखि नै महिला जम्मा भएर रमाइलो गरेको सम्झँदै उनले भनिन् , “अब पहिलेको जस्तो तीजको त्यो रौनक नै हरायो ।”

धान रोपेर सकिने बित्तिकै तीजका भाकामा नाच्ने गरेको घोडाघोडी–८ की ६५ वर्षीय तिलादेवी विष्टलाई पनि सम्झना छ । “साउन महिनादेखि नै मादलसँगै तीजका भाका गुञ्जन थाल्दथे”, विष्ट भनिन्, “अब त तीज आयो गयो केही थाहा हुँदैन ।” पछिल्लो समय तीज मनाउने शैली परिवर्तन हुँदै गएको उनको बुझाइ छ ।

मौलिक तीजका भाकाहरु हराउँदै गएको घोडाघोडी नगरपालिका–१ का अध्यक्ष घनश्याम ओझा बताउँछन् । “तीज आउनलाग्दा गाउँघरमा मादल बज्न सुरु हुन्थे”, ओझाले भने, “अहिले डिजेहरू बजेका हुन्छन् मादलका भाका त सुन्न नै पाइँदैन ।” हराउँदै गएका चाडपर्वका मौलिकताहरूलाई जोगाउनु सबैको दायित्व रहेको बताउँदै उनले भने ।

चाडपर्वको मौलिकता हराएसँगै यसको प्रत्यक्ष असर व्यवसायीहरुमा परेको छ । डिजेका कारण व्यवसायमा असर पुगेको लम्कीचुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादीले बताए । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो”, उनले भने, “मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले तीज आइसक्यो एउटा पनि मादल बेचेको छैन ।”

उनले भने, “डिजेले मादल लोप भइसकेको छ जस्ले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।” तीजको मौलिकतालाई जोगाउनका लागि केही प्रयासहरू पनि भइरहेका छन् ।

केही दिनअघि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताइन् । “तीजको मौलिकता हराउँदै गएको छ”,उनले भनिन्, “सुखदुःख साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ, यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हौँ ।”

घोडाघोडी उद्योग वाणिज्य सङ्घले पनि तीजका अवसरमा मौलिक भाकामा तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । हराउँदै गएको तीजका पुराना भाकाहरुलाई जोगाउनका लागि प्रतियोगिता आयोजना गरेको घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दुर्गाप्रसाद गौतमले बताए । आउँदो २२ गते प्रतियोगिताको आयोजना गरेको बताउँदै उनले भने, “हाम्रो मौलिकतालाई जोगाउनु सबैको दायित्व हो ।”

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ३७ बजे

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले