अन्तर्राष्ट्रिय

दुवैलाई स्वीकार्य हुनेगरी रुस–युक्रेन युद्धको समाधान हुनुपर्छ : भारत

By खबरहब

September 05, 2024

काठमाडौं – भारतले दुवै मुलुकलाई स्वीकार्य हुनेगरी रुस–युक्रेन युद्धको समाधान हुनुपर्ने जनाएको छ ।

भारतको विदेशमन्त्रालयले दुवै पक्षलाई स्वीकार्य हुने र व्यहारिक किसिमले युद्धको समाधान हुनुपर्ने जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनका क्रममा भारत सदैव शान्तिको पक्षमा रहेको समेत धारणा राखे

रुसी सेनामा रहेका भारतीय नागरिकलाई स्वदेश फर्काउने विषयमा सोधिएको प्रश्नमा उनले हालसम्म रुसबाट १५ जनालाई स्वदेश फिर्ता गरिएको र स्वदेश फर्कन चाहनेहरुसँग मस्कोस्थित राजदूतावास नियमित सम्पर्कमा रहेको जानकारी दिए ।

रुस–युक्रेन युद्धमा भारतले मध्यस्थकर्ताको भूमिका खेल्ने चर्चा चलिरहेका बेला विदेश मन्त्रालयको यस्तो भनाइ आएको हो । युद्धको समाधानका लागि हालसम्म कुनै मोडालिटी वा कार्यदिशा तय नभइसकेको प्रवक्ता जयसवालको भनाइ छ ।