प्रधानमन्त्रीको स्पष्टीकरण- सरकार ढल्दैन, कांग्रेससँग सल्लाहमै काम हुँदैछ « Khabarhub

प्रधानमन्त्रीको स्पष्टीकरण- सरकार ढल्दैन, कांग्रेससँग सल्लाहमै काम हुँदैछ


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सबल बनाउने उद्देश्यसहित विभिन्न चारवटा अध्यादेश ल्याउनुपरेको बताएका छन् ।

उद्योग व्यवसाय प्रवर्द्धननका लागि अध्यादेश ल्याएकोमा धन्यवाद दिन बुधबार बालुवाटारमा उद्योगी व्यवसायीले आयोजना गरेको कार्यक्रममा ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई चलायमान बनाउँदै अघि बढाउने उद्देश्यसहित अध्यादेश ल्याएको भन्दै उत्साहित भएर अघि बढ्न निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाली कांग्रेस र नेकपा एमालेको विचार नमिलेर सरकार ढल्दै छ भन्ने हल्लामा कुनै सत्यता नभएको बताउँदै ओलीले सल्लाह गरेर काम गरिरहेको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले केही मानिसहरू विरोधका लागि विरोध मात्रै गर्ने चरित्रका भएको टिप्पणी पनि गरेका छन् । त्यस्ता चरित्रबाट सचेत हुनुपर्नेमा ओलीले जोड दिएका छन् ।

भूमिसम्बन्धी समस्याहरू सुल्झाउन छिट्टै अध्यादेश जारी हुने उनले जानकारी दिएका छन् । सरकारले हाउजिङ गर्न दिने तर बनाइसकेपछि हदबन्दी लगाएर रोक्ने गर्दा व्यक्तिको लगानी डुब्ने र सबै क्षेत्र अस्तव्यस्त हुने कुरालाई चिर्न अध्यादेशले सहयोग गर्ने ओलीले स्पष्ट पारे ।

सरकार र निजी क्षेत्र एक्ला-एक्लै हिँडेर गन्तव्यमा नपुगिने बताउँदै ओलीले दुवै क्षेत्र पार्टनरसिप गरेर अघि बढ्दा मात्रै गन्तव्यमा पुगिने प्रष्ट पारे ।

कृषिलाई सबल बनाउन जग्गाको हदबन्दीलाई हटाउनु पर्नेमा जोड दिँदै यसको लागि आवश्यक नीतिगत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यादेशमा भएका लगानी र व्यवसायसम्बन्धी विषयहरू स्वागतयोग्य भएको बताए ।

उनले कोरोनापछि संकुचित भएको अर्थतन्त्रलाई माथि उकास्न यी अध्यादेश प्रभावकारी हुने भएकाले यसको कार्यान्वयनमा छिट्टै उपयुक्त नियमावली र कार्यविधि ल्याउनुपर्नेमा जोड दिएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट गत पुस २९ गते विभिन्न चार अध्यादेश जारी भएका थिए । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग तथा व्यावसायी महासङ्घका अध्यक्ष भगीरथ सापकोटा लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  १२ : ४७ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये