हरैंचा मोडेल स्कुलमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न « Khabarhub

हरैंचा मोडेल स्कुलमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिराटनगर – मोरङको सुन्दरहरैंचा – १ मा रहेको हरैंचा मोडेल इङ्गलिस बोर्डिङ स्कुलमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको । बिहीबार आयोजित कार्यक्रममा कक्षा ११ नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुका सार्थ ‘सिङ्गिङ एण्ड डान्सीङ्ग’ आइडल २०८१ पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागि यस्ता कार्यक्रमहरुका सञ्चालन हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा वक्तृत्व कला तर्फ क्रमशः कक्षा ८ की खुशी शाह, कक्षा ११ की रन्जु दाहाल र कक्षा ८ का सिद्धार्थ चौधरी पहिलो, दोस्रो र तेस्रो भए।

बिजेताहरुलाई नगद,मेडल र प्रमाणपत्र वितरण थियो भने सहभागी सबैलाई प्रमाणपत्र दिइएको थियो । बिजेताहरुलाई कार्यक्रमका बिशिष्ठ अथिति उद्योग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नारायण कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमामा विद्यालयका प्रधानाध्यापक रुद्र थापाले नयाँ आउने विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा क्षेत्रमा सुधार गर्ने प्रयास गर्ने बताएका थिए

कार्यक्रमलाई समापन गर्दै विद्यालयका प्रबन्ध निर्देशक घनश्याम रिमालले संस्कार र प्रविधियुक्त शिक्षा जोड्दै मोरङकै अब्बल विद्यालयको पहिचान बनाउन लागिरहेको बताए ।

सानो काठको घरबाट सुरु भएको विद्यालय अहिले आफ्नै सुविधा सम्पन्न भवनमा संचालन भइरहेको उनले जानकारी दिए । उक्त विद्यालयमा प्लेग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

त्यसैगरी कक्षा ११ र १२ मा होटेल म्यानेजेमेन्ट र कम्प्युटर साइन्स पनि अध्यापन भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १० : ५६ बजे

प्रतिनिधिसभा निर्वाचन : सुदूरपश्चिममा सात हजारभन्दा बढी प्रहरी परिचालन हुने

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिममा

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं– नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको