हरैंचा मोडेल स्कुलमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न « Khabarhub

हरैंचा मोडेल स्कुलमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बिराटनगर – मोरङको सुन्दरहरैंचा – १ मा रहेको हरैंचा मोडेल इङ्गलिस बोर्डिङ स्कुलमा वक्तृत्व कला प्रतियोगिता सम्पन्न भएको । बिहीबार आयोजित कार्यक्रममा कक्षा ११ नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गर्नुका सार्थ ‘सिङ्गिङ एण्ड डान्सीङ्ग’ आइडल २०८१ पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन मोरङका अध्यक्ष प्रेमलालसिंह सुवालले विद्यार्थीहरुको क्षमता प्रस्फुटनका लागि यस्ता कार्यक्रमहरुका सञ्चालन हुन आवश्यक रहेको बताए ।

कार्यक्रममा वक्तृत्व कला तर्फ क्रमशः कक्षा ८ की खुशी शाह, कक्षा ११ की रन्जु दाहाल र कक्षा ८ का सिद्धार्थ चौधरी पहिलो, दोस्रो र तेस्रो भए।

बिजेताहरुलाई नगद,मेडल र प्रमाणपत्र वितरण थियो भने सहभागी सबैलाई प्रमाणपत्र दिइएको थियो । बिजेताहरुलाई कार्यक्रमका बिशिष्ठ अथिति उद्योग वाणिज्य संघ सुन्दरहरैचाका अध्यक्ष नारायण कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रमामा विद्यालयका प्रधानाध्यापक रुद्र थापाले नयाँ आउने विद्यार्थीहरूलाई स्वागत गर्दै शिक्षा क्षेत्रमा सुधार गर्ने प्रयास गर्ने बताएका थिए

कार्यक्रमलाई समापन गर्दै विद्यालयका प्रबन्ध निर्देशक घनश्याम रिमालले संस्कार र प्रविधियुक्त शिक्षा जोड्दै मोरङकै अब्बल विद्यालयको पहिचान बनाउन लागिरहेको बताए ।

सानो काठको घरबाट सुरु भएको विद्यालय अहिले आफ्नै सुविधा सम्पन्न भवनमा संचालन भइरहेको उनले जानकारी दिए । उक्त विद्यालयमा प्लेग्रुपदेखि कक्षा १२ सम्म पठनपाठन हुँदै आएको छ ।

त्यसैगरी कक्षा ११ र १२ मा होटेल म्यानेजेमेन्ट र कम्प्युटर साइन्स पनि अध्यापन भइरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १० : ५६ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी