सेना

नेपाली सेनाद्वारा विपद् प्रतिकार्यसम्बन्धी सचेतना

By खबरहब

September 05, 2024

तनहुँ – नेपाली सेनाको कालीभञ्जन गण (इ)ले व्यास नगरपालिकाका जनप्रतिनिधिलाई आज सामुदायिक विपद् प्रतिकार्यसम्बन्धी सचेतनामूलक जानकारी प्रदान गरेको छ ।

व्यास नगरपालिका–५ चापाघाटस्थित गणले नगरपालिकाका १४ वटा वडाका जनप्रतिनिधिलाई विपद् प्रतिकार्यसम्बन्धी सचेतना प्रदान गरेको हो ।

समुदायमा हुने विपद्का घटना न्यूनीकरणका लागि गर्नुपर्ने कामबारे जानकारी दिन गणले सचेतनामूलक कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी वसन्त कार्कीले जानकारी दिए । त्यसक्रममा विपद्का बेला प्रयोग गरिने सामग्रीसमेत प्रदर्शन गरिएको थियो ।

विपद् प्रतिकार्यका लागि उद्धारमा खटिने पहिलो उद्धारकर्ता समुदायका व्यक्ति भएकाले प्रतिकार्यसम्बन्धी सचेतना दिइएको गणले जनाएको छ । त्यसक्रममा करिब ४० जनाको सहभागिता रहेको थियो ।