फुटबल विश्वकपका लागि कसरी छनोट हुन्छन् ४८ टोली ? | Khabarhub Khabarhub

फुटबल विश्वकपका लागि कसरी छनोट हुन्छन् ४८ टोली ?


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सन् २०२६ मा तीन देशमा विश्वकप फुटबल प्रतियोगिताको आयोजना हुँदैछ। प्रतियोगितामा पहिलो पटक ४८ टोलीको सहभागिता रहने छ। ३२ टोलीबाट बढाइएका ४८ टोलीको संरचनाले विश्वकपको स्तर त घट्ने होइन, भन्ने प्रश्न एकातिर छ। तर धेरैका लागि कौतुहलताको विषय विश्वकपमा छनोट प्रक्रिया नै हो। यस पटकको पक्रिया समेत धेरै ‘कम्प्लेक्स’छ।

३० मार्च २०१७ मा ब्युरो अप फिफा काउन्सिलले आगामी विश्वकपका लागि छनोट प्रक्रिया र सिट विभाजनमा सहमति जुटाएको थियो। सोही सहमति अनुसार फिफा अन्तरगतका ६ जोनलाई सिट विभाजन गरिएको थियो।

क्यानडा, मेक्सिको र अमेरिका आयोजक भएका कारण आसन्न विश्वकप फुटबलका लागि छनोट भएका छन्। बाँकी रहेका ४५ टोलीको टुङ्गो छनोटबाट हुनेछ। ४३ टोली सिधै छनोट हुने छन् भने दुई टोली इन्टर कन्फरडेसन प्ले अफ बाट छानिने छन्। इन्टर कन्फरडेसन प्ले अफमा ६ टोलीले सहभागिता जनाउने छन्।

सिधा छनोट हुने टोलीको सङ्ख्या
एसियाली फुटबल महासङ्घ (एएफसी)लाई ८ सिट दिइएको छ। नवौँ टोलीले प्ले अफ खेल्ने छ। अफ्रिकन फुटबल महासङ्घ (काफ)लाई ९ सिट दिइएको छ। दशौँ टोलीले प्ले अफ खेल्ने छ। उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कन्काकाफ)लाई आयोजक बाहेक तीन सिट दिइएको छ। चौथो र पाँचौँ टोलीले प्ले अफ खेल्ने छ। दक्षिण अमेरिकी फुटबल महासङ्घ (कोनेबल)लाई ६ सिट दिइएको छ। सातौँ टोलीले प्ले अफ खेल्ने छ।

ओसियना क्षेत्र (ओएफसी)ले १ सिट पाएको छ। दोस्रो टोलीले प्ले अफ खेल्ने छ। युरोपेली फुटबल महासङ्घ (युइएफए)ले १६ सिट पाएको छ। युरोपको कुनै टोलीले प्ले अफ खेल्ने छैनन्।

एसियाको विश्वकप छनोट
१ अगस्ट २०२२ मा एएफसीको बैठकले आफूले पाएको सिट अनुसार छनोटको मापदण्ड तय गरेको थियो। सो अनुसार कुल ४६ सदस्य राष्ट्रलाई २ ग्रेडमा विभाजन गरिएको थियो। पहिलो ग्रेडमा माथिल्लो वरीयताका २६ तथा बाँकी २० तल्लो ग्रेडमा रहे। पहिलो चरणमा तल्लो ग्रेडमा रहेका २० टोली मध्य होम एन्ड अबे २ खेल भएको थियो। सोही अनुसार १० टोली दोस्रो चरणमा छनोट भए।

दोस्रो चरणमा माथिल्लो ग्रेडका २६ तथा पहिलो चरण पार गरेका कुल ३६ टोलीको बिचमा प्रतिस्पर्धा भइसकेको छ। दोस्रो चरणमा सहभागी ३६ टोलीलाई चार टोलीको ९ समूहमा विभाजन गरिएको थियो। हरेक टोलीले आफ्नो समूहका ३ टोलीसँग होम एन्ड अवेको आधारमा कुल ६ खेल खेलेका थिए। हरेक समूहबाट शीर्ष २ स्थान पाउने कुल १८ टोली तेस्रो चरणका लागि छनोट भए।

तेस्रो चरणमा सहभागी टोलीलाई तीन समूहमा विभाजन गरिएको छ। तेस्रो चरणमा पनि हरेकले आफ्नो समूहका अन्य टोलीसँग होम एन्ड अवेको आधारमा १५ खेल खेल्ने छन्। प्रत्येक समूहबाट शीर्ष २ स्थान पाउने टोली विश्वकपका लागि छनोट हुनेछन्। चौथो र पाँचौँ हुने कुल ६ टोली चौथो चरणमा प्रवेश गर्ने छन्।

चौथो चरणमा खेल्ने ६ टोलीलाई २ समूहमा विभाजन गरिने छ। दुवै समूहमा एकल राउन्ड रोबीन खेल हुनेछ। १ टोलीले सो चरणमा २ खेल खेल्ने छ। दुवै समूहबाट पहिलो हुने टोली पनि विश्वकपमा छनोट हुनेछ। यसरी एसियाका ८ टोलीको टुङ्गो लागेपछि चौथो चरणमा समूहमा दोस्रो हुने २ टोलीको बिचमा हुने २ लेगको प्ले अफले इन्टर कन्फरडेसन प्ले अफमा खेल्ने टोलीको टुङ्गो लाग्ने छ।

अहिले तेस्रो चरणमा सहभागी १८ टोलीले २ खेल खेली सकेका छन्। समूह ‘ए’मा उज्बेकिस्तान, इरान, संयुक्त अरब इमिरेट्स, उत्तर कोरिया , कतार र क्रिगिस्तान छन्। समूह बिमा जोर्डन, दक्षिण कोरिया, इराक, कुवेत, प्यालेस्टाइन र ओमान छन्। समूह सीमा जापान, साउदी अरेबिया, बहराइन, इन्डोनेसिया, अस्ट्रेलिया र चीन छन्।

समूह एमा उज्बेकिस्तान र इरान ६ अङ्क सहित शीर्ष स्थानमा छन्। समूह बिमा जोर्डन, दक्षिण कोरिया र इराकको ४ अङ्क छ। समूह सीमा जापानको ६ तथा साउदी अरेबियाको ४ अङ्क छ।

अफ्रिकी राष्ट्रको छनोट
अफ्रिकामा ५४ देशलाई एक समूहमा ६ टोली गरी ९ समूहमा विभाजन गरिएको छ। हरेक समूहका विजेताले विश्वकपमा सहभागिताको अवसर पाउने छन्। दोस्रो स्थान पाउने ९ मध्येका ४ उत्कृष्ट टोलीको दोस्रो चरणको खेल हुनेछ। ४ टोलीको प्ले अफबाट इन्टर कन्फरडेसन प्ले अफका लागि १ टोली छनोट हुने छ।

अफ्रिकामा समूह एमा इजिप्ट ४ खेलमा १० अङ्क सहित शीर्ष स्थानमा छ। सो समूहमा गुयनाबिसु, बुर्किना फासो, सियरा लियोन, इथोइयिया र जिबाउटी छन्। समूहबीमा सुडान ४ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा छ। सो समूहमा सेनेगल ,प्रजातान्त्रिक गणतन्त्र कङ्गो, टोगो, दक्षिणी सुडान र माउरिसिनिया छन्। समूह सीमा रुवान्डा, दक्षिण अफ्रिका र बेनिनको समान ७ अङ्क छ। सो समूहका अन्य टोलीमा लेसोथो, नाइजेरिया र जिम्बाब्बे छन्।

समूह ‘डी’मा क्यामरुन ८ अङ्कसहित शीर्ष स्थानमा छ। लिबिया र केप भर्डेको ७ अङ्क छ। यो समूहमा एंगोला माउरिसस र एस वाटिनी छन्।

समूह ‘इ’मा मोरक्को ९ अङ्क सहित शीर्ष स्थानमा छ। समूहमा नाइजर, तान्जानिया, जाम्बिया, कङ्गो र इरिट्रिया छन्। इरिट्रियाले समूह विभाजनपछि नाम फिर्ता लिइसकेको छ।समूह ‘एफ’मा आइभोरी कोस्ट १० अङ्क सहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको गाबोनको ९ अङ्क छ। सो समूहमा बुरुन्डी, केन्या, गाम्बिया, सिचेलिस छन्।

समूह ‘जी’मा अल्जेरिया र मोजाम्बिकको समान ९ अङ्क छ। समूहमा बोत्सवना, गुयना, युगान्डा र सोमालिया छन्। समूह ‘एच’मा ट्युनेसियाको १० अङ्क छ। यो समूहमा नामिबिया, लाइबेरिया, मलावि, इक्वेटेरियल गुयना र साओ टाउ एन्ड प्रिन्सिप छन्।

समूह ‘आई’मा कोमोरस र घाना ९ अङ्कसहित शीर्ष स्थानमा छन्। मदागास्कर, माली, सेन्ट्रल अफ्रिकन रिपब्लिक र चाँद छन्।

उत्तर तथा मध्य अमेरिकी छनोट
कान्काकाफमा ३२ टोलीले सहभागिता जनाएका छन्। वरीयताको पुछारमा रहेका ४ टोलीले पहिलो चरणमा होम एन्ड अवेको आधारमा प्रतिस्पर्धा गरेका थिए। यसरी सफलता पाउने २ टोली र माथिल्लो वरीयताका २८ टोलीको बिचमा दोस्रो चरणको खेल भएको हो।

अहिले ३० टोलीलाई ५ टोलीको ६ समूहमा विभाजन गरिएको छ। हरेकले समूहको अर्को टोलीसँग १ खेलका दरले ५ खेल खेल्ने छन्। हरेक समूहबाट शीर्ष २ स्थान पाउने टोली तेस्रो चरणमा प्रवेश गर्ने छन्।

दोस्रो चरणबाट छनोट भएका १२ टोलीलाई तेस्रो चरणमा ४ टोलीका दरले ३ समूहमा विभाजन गरिन छ। यी टोलीको बिचमा होम एन्ड अबे राउन्ड रोबिनको आधारमा खेल हुनेछ। हरेक समूहका विजेताले विजेताले विश्वकपमा छनोट पाउने छ। दोस्रो हुने उत्कृष्ट २ टोली इन्टर कन्फरडेसन प्ले अफका लागि छनोट हुनेछन्।

कान्काकाफको दोस्रो चरणमा दुई खेल सकिएका छन्। समूह ‘ए’मा होन्डुरस ६ अङ्कसहित शीर्ष स्थानमा छ। समूह ‘बी’मा कोस्टारिकाको ६ अङ्क छ। समूह ‘सी’का काराउकाओ र हाइटीको ६ अङ्क छ। समूह डीमा निकारागुवा र पनामाको ६ अङ्क छ। समूह ‘ई’मा ग्वाटेमाला र जमैकाको ६ अङ्क छ। समूह ‘एफ’मा सुरिनामको ६ अङ्क छ।

दक्षिण अमेरिकी समूह
यस समूहमा रहेका १० टोलीले एकले अर्कोसँग डबल राउन्ड रोबिनको आधारमा कुल १८ खेल खेल्ने छन्। शीर्ष ६ स्थान पाउने टोली सिधै विश्वकपमा छनोट हुनेछ। सातौँ टोलीले इन्टरकन्डरडेसन प्ले अफमा मौका पाउने छ। इक्वेडेरको भने गत विश्वकप छनोट साइकलमा ब्रायन कास्टिलोको उमेर प्रमाणपत्रमा बेइमानी गरेका कारण सुरुमै ३ अङ्क घटाइएको छ । सो समूहमा ८ खेल सकिएको छ।

अर्जेन्टिनाको १८, कोलम्बियाको १६ तथा उरुग्वेको १५ अङ्क छ। यसै गरी, इक्वेडरको ११ अङ्क हुनुका साथै ब्राजिल र भेनेजुएलाको समान १० अङ्क छ। पाराग्वे र बोलिभियाको ९ अङ्क छ। चीलीको ५ तथा पेरुको ३ अङ्क छ।

ओसियानको छनोट
एसियामा ११ टोली छन्। पहिलो चरणमा पुछारका ४ टोलीका बिचमा ३ खेलको नकआउट प्रतियोगिता भएको थियो। सो प्रतियोगिताबाट सामोआ दोस्रो चरणमा छनोट भएको छ। दोस्रो चरणमा शीर्ष वरीयताका ७ तथा सामोआ गरी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ। दुवै समूहका शीर्ष २ टोली तेस्रो चरणमा प्रवेश गर्ने छन्। तेस्रो चरणमा यी ४ टोलीको बिचमा नकआउट खेल हुनेछ। फाइनलको विजेता विश्वकपमा छनोट हुनेछ भने उपविजेता इन्टर कन्फरडेसन प्ले अफमा लागि छनोट हुनेछ।

दोस्रो चरणमा समूह एमा सालोमान आइज्ल्यान्ड, फिजी, न्यु क्यालोडोनिया र पपुवा न्युगीनी छन्। समूह बिमा न्यूजल्यान्ड, टहिटी, भन्टाउ र सामोआ छन्।

युरोपेली समूहको छनोट
युरोपेली देशलाई १२ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा ४ या ५ देश सहभागी छन्। डबल राउन्ड रोबिनको आधारमा हुने खेलबाट हरेक समूहको विजेताले विश्वकपमा प्रवेश पाउने छ।

दोस्रो हुने १२ टोली तथा नेसनल लिगका उत्कृष्ट ४ टोली समेत गरी १६ टोलीको बिचमा दोस्रो चरणको खेल हुनेछ। सो चरणमा हुने प्ले अफबाट ४ टोलीको छनोट हुनेछ। सो चरणमा ४ समूहमा विभाजन गरिने छ। हरेक समूहमा होम एन्ड अबे सेमिफाइनल र फाइनल हुने छ। यसरी ४ पाथ वेमा विजयी ४ टोली विश्वकपमा छनोट हुनेछन्।
स्रोतः फिफा, युइएएफ,एएफसी, कोनेबल

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ८ : २० बजे

बाढीपहिरो प्रभावितको पीडा : न बासको ठेगान, न गाँसको !

सिन्धुली- पाँच जनाको परिवार खुसी थियो । दशैँ मनाउन खर्च

दाउन्नेको सडक अझै अवरुद्ध, खुलाउने प्रयास जारी

नवलपरासी– पश्चिम नवलपरासीको बर्दघाट–४ स्थित दाउन्नेको खुर्सानी खोला नजिकै भासिएको

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर

भित्र्याउने बेलाको धान बाढीले बगाएपछि किसान पीडामा

सप्तरी– सप्तरी हनुमाननगर कङ्कालिनी नगरपालिका–१ कोशी ब्यारेजका भीमराज मण्डलले दुई

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ।