हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत | Khabarhub Khabarhub

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ। यसै वर्ष गाँठको समयमा कुनै अतिवादीले हिंसात्मक गतिविधि गर्न सक्ने भन्दै अमेरिकी गुप्तचर संस्था एफबिआई र त्यहाँको गृह मन्त्रालयले सचेत गराएको छ। हमासले गरेको आक्रमणको लगत्तै इजरायलले पनि सुरुमा प्यालेस्टाइनमा तथा त्यसपछि बेरुत आक्रमण गरेको छ। इरानले इजरायलमा मिसाइल प्रहार गरिसकेको छ।

अहिले अमेरिकी सहरमा प्रहरी गस्ती बढाइएको छ। यो बस्ती यहुदी र इस्लाम बस्ती भएको स्थानमा अझ धेरै छ। न्युयोर्क, लस एन्जलस सिकागो, मियामी र फिलाडेल्फियामा यसरी गस्ती गर्ने प्रहरीको सङ्ख्या बढाइएको छ। सबै राज्यका सुरक्षा निकायले कतै शङ्कास्पद गतिविधि देखेका सुरक्षाकर्मीलाई खबर गर्न भनी सकेको छ।

कुनै हिंसा नहोस् भन्नका खातिर अहिले मस्जिद र यहुदीको जमघट हुने स्थानमा सुरक्षा अवस्था कडा बनाइएको छ। यसैगरी आइतबार अस्ट्रेलियामा पनि प्यालेस्टाइनी समर्थकको प्रदर्शन हुनेभएको छ। सोही प्रदर्शनको क्रममा हिंसा हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा अवस्था मजबुत बनाएको छ। सिड्नीमा भने प्यालेस्टाइनी समर्थकले ७ अक्टोबरमा तय गरेको प्रदर्शन कार्यक्रम अहिलेलाई स्थगित गरेको छ। पछिल्लो समय मध्यपूर्वमा भइरहेको हिंसाको असर अस्ट्रेलियामा पनि देखिएको छ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएपछि गत साता उनको सम्झनामा पोस्टर बोकेर प्रदर्शन भएको थियो। अन्य युरोपेली देशमा ७ अक्टोबरका दिन सुरक्षा संयन्त्रलाई सावधान रहन सूचित गरेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : ०१ बजे

‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा

काठमाडौं- बलिवुडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया

छठ पर्वका लागि सिँगारिए वीरगञ्जका पोखरी

वीरगञ्ज– यहाँका पोखरी तथा नदी घाटलाई छठ पर्वका लागि विशेष

उत्तारखण्डको अल्मोडामा यात्रु बस दुर्घटना, कम्तीमा २२ जनाको मृत्यु

अल्मोडा- भारतको उत्तराखण्ड राज्यमा सोमबार बिहान एउटा यात्रुबस दुर्घटना हुँदा

पूर्व मुमाबडामहारानी रत्न अस्पताल भर्ना

काठमाडौं- पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह अस्पताल भर्ना भएकी छन्।

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

राँझा – नेपालगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको