हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत « Khabarhub

हमास-इजरायल आक्रमणको वर्षगाँठ : हिंसात्मक गतिविधि रोक्न अमेरिकाले गरायो सचेत


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

इजरायल – हमासले इजरायलमा आक्रमण गरेको एक वर्ष पुगेको छ। यसै वर्ष गाँठको समयमा कुनै अतिवादीले हिंसात्मक गतिविधि गर्न सक्ने भन्दै अमेरिकी गुप्तचर संस्था एफबिआई र त्यहाँको गृह मन्त्रालयले सचेत गराएको छ। हमासले गरेको आक्रमणको लगत्तै इजरायलले पनि सुरुमा प्यालेस्टाइनमा तथा त्यसपछि बेरुत आक्रमण गरेको छ। इरानले इजरायलमा मिसाइल प्रहार गरिसकेको छ।

अहिले अमेरिकी सहरमा प्रहरी गस्ती बढाइएको छ। यो बस्ती यहुदी र इस्लाम बस्ती भएको स्थानमा अझ धेरै छ। न्युयोर्क, लस एन्जलस सिकागो, मियामी र फिलाडेल्फियामा यसरी गस्ती गर्ने प्रहरीको सङ्ख्या बढाइएको छ। सबै राज्यका सुरक्षा निकायले कतै शङ्कास्पद गतिविधि देखेका सुरक्षाकर्मीलाई खबर गर्न भनी सकेको छ।

कुनै हिंसा नहोस् भन्नका खातिर अहिले मस्जिद र यहुदीको जमघट हुने स्थानमा सुरक्षा अवस्था कडा बनाइएको छ। यसैगरी आइतबार अस्ट्रेलियामा पनि प्यालेस्टाइनी समर्थकको प्रदर्शन हुनेभएको छ। सोही प्रदर्शनको क्रममा हिंसा हुने सम्भावनालाई ध्यानमा राख्दै प्रहरीले सुरक्षा अवस्था मजबुत बनाएको छ। सिड्नीमा भने प्यालेस्टाइनी समर्थकले ७ अक्टोबरमा तय गरेको प्रदर्शन कार्यक्रम अहिलेलाई स्थगित गरेको छ। पछिल्लो समय मध्यपूर्वमा भइरहेको हिंसाको असर अस्ट्रेलियामा पनि देखिएको छ।

हिजबुल्लाहका नेता हसन नसरल्लाहको ज्यान गएपछि गत साता उनको सम्झनामा पोस्टर बोकेर प्रदर्शन भएको थियो। अन्य युरोपेली देशमा ७ अक्टोबरका दिन सुरक्षा संयन्त्रलाई सावधान रहन सूचित गरेका छन्।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : ०१ बजे

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

कास्की– पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल

अमेरिकाद्वारा इरानमाथिको तेल प्रतिबन्धमा छुट, १२ अर्ब डलरको फ्रिज कोष फुकुवा हुने

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले इरानमाथिको तेल प्रतिबन्धमा अस्थायी छुट

सम्पत्ति छानबिनको पक्षमा म अझै अडिग छु, भ्रम नफैलाइयोस्: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौँ – पूर्वअर्थमन्त्री जनार्दन शर्माले सम्पत्ति छानबिनका नाममा आफ्नो संलग्नता

हालान्डको दुई गोलसँगै नर्वे नकआउट चरणमा प्रवेश, सेनेगल ३–२ ले पराजित

काठमाडौँ– फिफा विश्वकप फुटबलमा नर्वे नकआउट चरणमा प्रवेश गरेको छ

रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुँदैछ