मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी « Khabarhub

मध्यपूर्व अपडेट : दुई हजारको ज्यान गएको लेबनानको दाबी


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

लेबनान – लेबनानको स्वास्थ्य मन्त्रालयले गएको रातिसम्ममा इजरायलको आक्रमणमा परेर मर्नेको सङ्ख्या दुई हजार पुगिसकेको जनाएको छ।

यसरी मारिनेमा १२७ बालबालिका तथा २६१ महिला छन्। अमेरिकाले जनाए अनुसार इजरायलले यमनमा हाउथीको नियन्त्रणमा रहेको १५ स्थानमा आक्रमण गरेको छ।

इजरायलका विदेशमन्त्री अराबास आरागाचीले बेरुत भ्रमणको क्रममा इजरायलले इरानमा आक्रमण गरेमा इरानले जनाउने प्रतिक्रिया विगतको भन्दा धेरै गुणा डर लाग्दो हुने चेतावनी दिएका छन्।

गाजामा गएको एक वर्षमा भएको आक्रमणमा ४१ हजार ८०२ जना मारिएका छन् भने ९६ हजार ८४४ जना घाइते भएका छन्। बेरुतमै भने अहिले विस्थापित हुनेको सङ्ख्याको १२ लाख भन्दा बढी भएको जनाएको छ।

हिजबुल्लाहले शुक्रबार राति दक्षिणी लेबनानमा दुई पक्षीय भिडन्त भएको जनाएको छ। दक्षिणी लेबनानको ओडिएसमा प्रवेश गर्न खोज्दा भिडन्त भएको जनाइएको छ। वाफा न्युज एजेन्सीका अनुसार गाजामा गरिएको पछिल्लो आक्रमणमा ८ जनाको ज्यान गएको छ।

एलियन र कराजामा भएको बम प्रहारमा ५ जनाको ज्यान गएको छ। उत्तर पूर्वको गाफ्रिमा भएको आक्रमणमा दुई जनाको ज्यान गएको छ। अल सफाहमा भएको आक्रमणमा एक जनाका मृत्यु भएको हो।

इजरायली सेनाले थप दुई सहरका लेबनानीलाई निवास छाड्न भनेको छ। इजरायलले ती सहरमा आक्रमण गर्ने जनाउ गर्दै यो सूचना जारी गरेको हो।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ९ : २३ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी