ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता | Khabarhub Khabarhub

ललितपुरका बाढीपीडितलाई महामारीको चिन्ता


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

ललितपुर– गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै बसेर पुनःस्थापनाका लागि काम गरिरहेका छन् । तर उनीहरुमा जति बाढीका कारण पाएको दुःख छ त्योभन्दा बढी चिन्ता अहिले नख्खु खोलामा फैलिएको दुर्गन्धका कारण महामारी सुरु हुने हो कि भन्ने चिन्ता छ ।

बाढीले पशु बगाएर ल्याएको हुँदा नख्खु खोला दुर्गन्धित भएको छ । बाढीका कारण ढल फुटेको छ । आफूहरुले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितको भनाइ छ । यसले महामारी फैलने जोखिम बढाएको उनीहरुको चिन्ता छ ।

ललितपुर महानगरपालिकाले दुर्गन्ध कम गर्न औषधि हालेपछि दुर्गन्धमा केही कमी आए पनि खोला छेउका बस्तीमा काम गर्न निकै मुस्किल रहेको वडा नम्बर ४ का मिलन यसमाइली मगरको भनाइ छ ।

नगरप्रहरीले तीन दिनयता निरन्तर खोलामा औषधि छर्केको वडा नम्बर १३ का वडाध्यक्ष गणेश केसीले बताए । उनले भने, ‘विद्युत् अवरुद्ध भएको सबै ठाउँमा विद्युत् सञ्चालन गरेका छौँ, पानीको अझै समस्या छ । बाढीका कारण ढलमा आएको समस्याले दुर्गन्ध फैलिने समस्या छ । हामी व्यवस्थापनमा जुटेका छौँ ।’

हावा चलेको समय र दिउँसो घाम लागेको समयमा खोलाको गन्धले काम गर्न मुस्किल भएको वडा नम्बर २५ स्थित खोलामा बस्दै आएकी रेणुका लिम्बूले बताइन् । उनले भनिन्, ‘दुर्गन्ध निकै छ । बाढीले पुरेको सामान निकाल्न खोजेको गन्धका कारण निकाल्नै गाह्रो छ । गन्धका कारण आफू बिरामी परिन्छ कि भन्ने डर छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १० : २७ बजे

एनपीएल हेर्न जानेले सवारी पार्किङ कहाँ गर्ने?

काठमाडौं- कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबारदेखि नेपाल प्रिमियर लिग (एनपीएल)

दोलखामा भालु आतंकः एकको मृत्यु ४ घाइते, त्रास कायमै

दोलखा– पछिल्लो केहि महिनादेखि दोलखामा जंगली जनावर भालु आतंकसँगै आक्रमणले

एनपीएलको पूर्वसन्ध्यामा यस्तो देखियो त्रिवि मैदान (तस्बिरहरू)

काठमाडौं – सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)का लागि

सुटुक्क हलमा लागेर तीन दिनमै उत्रियो सुरक्षा पन्तको फिल्म ‘धागो’

काठमाडौँ– यसलाई अलि राम्रो बनाएर पुनर्लेखन गरकाठमाडौं( प्रचार–प्रसारमा ध्यान नदिएको

ओलीको प्रशंसा गर्दै चन्दले भनेः उहाँले कडा समयसीमा नतोकिदिएको भए त्रिवि स्टेडियम यति चाँडो बन्ने थिएन

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले त्रिवि क्रिकेट