फाइल फोटो

समाचार

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

By खबरहब

October 05, 2024

कमलामाई– सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । 

कमलामाई नगरपालिका–९ भीमानस्थित सुके खोलाको बाढीमा ज्यान गुमाएका ४६ वर्षीय कृष्णबहादुर बोगटी  र पहिरोमा पुरिएका सुनकोशी गाउँपालिका–१ नेपालथोकका १२ वर्षीय विनय कोइरालाका अभिभावकलाई दुई लाखका दरले आर्थिक सहयोग गरिएको हो । 

मन्त्रिपरिषद्को हालैको बैठकले मृतकका आफन्तलाई प्रति मृतक दुई लाख आर्थिक सहयोग गर्ने निर्णय गरेबमोजिम उक्त रकम प्रदान गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए।