बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण « Khabarhub

बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमाले कोशी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

शनिबार विराटनगरमा पूर्वमुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राइ नेतृत्वको एमाले टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरूलाई राहत, घाइतेहरूको निशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो । 

यसैगरी भौतिक पूर्वाधार, खानेपानी र सञ्चार क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल र दीर्घकालीन रुपमा पुनर्निर्माणका लागि छुट्टै विशेष पुनर्निर्माण प्राधिकरण स्थापना गर्न आग्रह गरेको छ ।

पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रति अनास्था बढिरहेको बेला विपद् पीडितहरूलाई राहत र क्षतिपूर्ति तथा विपदमा भएको भौतिक क्षतिको पुनर्निर्माण गरी प्रदेश सरकारको आवश्यकता र औचित्यता साबित गर्न सकिने बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिसकेको र सङ्घीय सरकारसँगको समन्वयमा पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारको अनुभूति दिलाउने गरी आफूहरूले पुनर्निर्माण कार्यको लागि समन्वय गरिरहेको पनि बताए ।

ध्यानाकर्षण पत्रमा कोशी प्रदेशमा २२ जनाको मृत्यु, ५ जना बेपत्ता र एक जना घाइते भएको तथ्यांक एमाले कोशीले बुझाएको छ । यसैगरी सडक, खानेपानी, बिजुली, सञ्चार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण पनि बुझाएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ३० बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद