बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण « Khabarhub

बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेकपा एमाले कोशी प्रदेश समितिले बाढीपीडितलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन कोशी प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । 

शनिबार विराटनगरमा पूर्वमुख्यमन्त्री एवम् एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राइ नेतृत्वको एमाले टोलीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाउदै पीडितहरूलाई राहत, घाइतेहरूको निशुल्क उपचार उपलब्ध गराउन माग गरेको हो । 

यसैगरी भौतिक पूर्वाधार, खानेपानी र सञ्चार क्षेत्रमा भएको क्षतिको अध्ययन गरी तत्काल र दीर्घकालीन रुपमा पुनर्निर्माणका लागि छुट्टै विशेष पुनर्निर्माण प्राधिकरण स्थापना गर्न आग्रह गरेको छ ।

पूर्वमुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार प्रति अनास्था बढिरहेको बेला विपद् पीडितहरूलाई राहत र क्षतिपूर्ति तथा विपदमा भएको भौतिक क्षतिको पुनर्निर्माण गरी प्रदेश सरकारको आवश्यकता र औचित्यता साबित गर्न सकिने बताए ।

ध्यानाकर्षण पत्र बुझ्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले बाढी, पहिरो र डुबानबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने कार्य शुरु गरिसकेकोसङ्घीय सरकारसँगको समन्वयमा पीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक गृहकार्य गरिरहेको जानकारी दिए ।

प्रदेश सरकारको अनुभूति दिलाउने गरी आफूहरूले पुनर्निर्माण कार्यको लागि समन्वय गरिरहेको पनि बताए ।

ध्यानाकर्षण पत्रमा कोशी प्रदेशमा २२ जनाको मृत्यु, ५ जना बेपत्ता र एक जना घाइते भएको तथ्यांक एमाले कोशीले बुझाएको छ । यसैगरी सडक, खानेपानी, बिजुली, सञ्चार क्षेत्रमा भएको भौतिक क्षतिको विवरण पनि बुझाएको छ । 

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  १ : ३० बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ