लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए « Khabarhub

लेबनानको त्रिपोलीमा हमासका प्रमुख नेता मारिए


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लेबनानको त्रिपोली सहरमा हमासको सशस्त्र दलका एक नेताको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले हमाससँग निकट मिडियालाई उद्धृत गर्दै त्रिपोली सहरमा रहेको बेदावी शरणार्थी शिविरमा भएको इजरायली आक्रमणमा ती नेताको मृत्यु बारे जानकारी दिएको हो । 

प्यालेस्टाइनी शरणार्थी शिविरमा इजरायलले गरेको आक्रमणमा परिवारका तीन सदस्यका साथ हमास नेता सईद अताल्लाहको मृत्यु भएको समाचारमा उल्लेख छ । इजरायली सेनाका तर्फबट भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक भइनसकेको बीबीसीले जनाएको छ । 

लेबनानी अखबार ‘अन नहार’ ले इजरायली आक्रमणमा अताल्लाहकी पत्नी र उनका दुई बच्चाको मृत्यु भएको जनाएको छ । हमासले अहिलेसम्म घटनाको पुष्टि गरेको छैन । 

यद्यपि, हमासको सहयोगी चरमपन्थी गुट प्यालेस्टाइन इस्लामिक जिहाद (पीआईजे) ले भने नेता अताल्लाहको पत्नी र दुई छोरीका साथ मृत्यु भएको जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ३ : ०६ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,