क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने « Khabarhub

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका  क्याबिन क्रु (विमान परिचारक-परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन । 

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक-परिचारिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले  आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ । त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएकोछ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा महान्यायाधिवक्तासँग छलफल गर्न दुइपक्ष सहमत भएका छन् । आन्दोलन फिर्तासँगै विमान परिचालिका एवम् परिचालकहरू आजैबाट काममा फर्किएका छन् । 

निगममा कार्यरत परिचारिका-परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । 

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : २४ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको