क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने « Khabarhub

क्याबिन क्रुको आन्दोलन फिर्ता, आजैबाट काममा फर्कने


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलनमा नेपाल एयरलाइन्सका  क्याबिन क्रु (विमान परिचारक-परिचारिका) आन्दोलन फिर्ता लिन सहमत भएका छन् ।

शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा भएको दुई चरणको छलफलपछि क्याबिन क्रु जारी आन्दोलन फिर्ता लिन सहमत भएका हुन । 

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक-परिचारिका) हड्तालमा उत्रिएपछि मन्त्री पाण्डेले  आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरूलाई मन्त्रालयमा बोलाएर छलफल गरेका थिए ।

छलफलपछि नेपाल एयरलाइन्स ४५ वर्षको उमेर हद हेरफेर गर्न सकारात्मक भएको छ । त्यसका लागि विनियमावली परिवर्तन विषय प्रक्रियामा लाने सहमति भएकोछ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दा र दुई पटक भएको अन्तरिम आदेशको विषयमा महान्यायाधिवक्तासँग छलफल गर्न दुइपक्ष सहमत भएका छन् । आन्दोलन फिर्तासँगै विमान परिचालिका एवम् परिचालकहरू आजैबाट काममा फर्किएका छन् । 

निगममा कार्यरत परिचारिका-परिचारकहरूको संस्था नेपाल वायुसेवा क्याबिन क्रु सङ्घले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए । 

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ४ : २४ बजे

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी

समानुपातिक बन्दसूचीबाट ८५ जनाले फिर्ता लिए नाम

काठमाडौँ- फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिकतर्फको बन्दसूचीबाट नाम

राजुनाथ पाण्डे काठमाडौँ–४ बाट चुनाव लड्ने तयारीमा

काठमाडौं- काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजु पाण्डेले प्रतिनिधिसभा सदस्यको

विशेष महाधिवेशनकाे कार्यतालिका संशोधन, मंगलबार पनि बन्दसत्र र नाम दर्ता हुने

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको कार्यतालिका संशोधन गरिएको

कांग्रेस विशेष महाधिवेशन : मंगलबार नेतृत्व चयनका प्रक्रिया सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत मंगलबार पार्टीको नीति